संविधान संशोधन र पुनर्निर्माण सँगसँगैः कांग्रेस

Congress flage

काठमाडौं- कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले संसदमा संविधान संशोधन प्रस्ताव र पुनर्निर्माण विधेयक प्रस्ताव सँगै अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

महामन्त्री प्रकाशमान सिंहका अनुसार बैठकमा दुई प्रस्ताव सँगै अघि बढाउनुपर्ने बिषयमा छलफल भएको थियो । कांग्रेस सांसदहरुले कांग्रेस सरकारको पालामा तयार भएको संविधान संशोधन विधेयक अघि बढाउनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

कांग्रेसले पुननिर्माण विधेयकसँगै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने माग गर्दै आएको छ । कांग्रेस अवरोधको कारण संसदमा पुननिर्माण विधेयक पेश हुन सकेको छैन् ।