लण्डन । बेलायतले भुकम्पबाट नराम्रोसित प्रभावित नेपाललाई गर्न सक्ने सहयोगका बारेमा छलफल भएको छ । शनिबार साँझ बेलायतकाे विदेश मन्त्रालयका दक्षिणा एसिया डेस्क हेर्ने प्रतिनिधिले बेलायतस्थित नेपालका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई टेलिफोन गरी बेलायतले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएका थिए । क्षेत्रीका अनुसार वार्तामा बेलायतले नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको थियो । यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शनिबार नै नेपाललाई भुकम्प पीडितलाई उद्धार र राहत कार्यमा सहयोग गर्ने वचन दिएका थिए । भारत र चीनले उद्धारकर्तासहित सहयोग गर्न लागेको अवस्थामा बेलायतले कसरी सहयोग गर्ने भन्ने बारेमा प्रष्ट भइसकेको छैन । यसैबीच बीबीसीका अनुसार बेलायतले आठ सदस्सीय विशेषज्ञ टोली नेपाल पठाउने भएको छ । उता शनिबार नै कार्यबाहक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय जगतलाई सहयोग गर्न अाह्वान गरेका थिए । बेलायती विदेश मन्त्रालयका प्रतिनिधिले शनिबार गएको भुकम्पमा नेपालले ठूलो क्षति ब्यहोर्नुपरेकोमा बेलायत सरकारका तर्फबाट दुःख व्यक्त गरेका थिए ।
बेलायत स्थित नेपाली दूतावासले भुकम्प पीडित सहयोगको लागि बैठकको आह्वान :







