१९७४ एडीले शुक्रवार सिड्नी तताउँदै

सिड्नी । १९७४ एडी विभिन्न सागींतिक कार्यक्रमका लागि यतिबेला अस्ट्रेलियामा रहेको छ । अस्ट्रेलियाका विभिन्न ठाउँमा कार्यक्रम गरेर अन्तिम पटक एडी सिड्नी आईपुगेको छ ।

शुक्रवार साँझ ८ बजे सिड्नीको केन्सिनटनमा १९७४ एडीले लाईभ प्रस्तुती दिँदैछ । ८ सेप्टेम्बर बिहिवार सिड्नी स्थित रेक्डेलको थर्डआई रुफ टफमा गरिएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा अगष्ट ९ तारिखमा सिड्नीमा उक्त ब्याण्डको प्रस्तुती सगैं ‘यो मन त मेरो नेपाली हो लाईभ सिड्नी’ कार्यक्रमको बारेमा जानकारी दिईएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको प्रेस मिट कार्यक्रममा आयोजक मध्येका रोशन भट्टराईले कार्यक्रमको सम्पूर्ण तैयारी भईसकेको र पछिल्लो समय युवापुस्तामा लोकप्रिय १९७४ एडीको प्रस्तुती विशेष रहनेभएकाले अगष्ट ८ तारिख कार्यक्रममा उपस्थित हुन उनले आग्रह गरे । सबै टिकट बिक्री भईसकेकाले कार्यक्रम सफल भएको भन्दै उनले खुसी व्यक्त गरे ।

उक्त अवसरमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सहयोगीदातालाई सम्मान गरिएको थियो । १९७४ एडीका कलाकारहरुले आफुलाई अस्टेलियामा रहेका नेपालीहरुको माया र सदभावले निकै हौसाएको भन्दै लागेको बताए । उनीहरुले आफ्नो प्रस्तुतीमा रमाउने नेपाली दर्शकहरु प्रति कृतज्ञता व्यक्त गरे ।

समूहमा आवद्ध ६ जना संगीत-सर्जकहरूले आगामी सेप्टेम्बर ९  तारिखका दिन केन्सिनटनमा प्रस्तुती दिनेछन् । कार्यक्रम रोजिना खत्री र रितेन खड्काले कार्यक्रम सञ्चालन गर्नेछन् । १९७४ समूह हरेक विधामा निपुण सांगीतिक समूहको रूपमा परिचित छ ।

यस पटक हामी अष्ट्रेलियाका विभिन्न शहरहरू कार्यक्रम हुने भएकाले उपस्थितिका लागि उनीहरुले अनुरोध समेत गरेका छन् । कार्यक्रमको सञ्चालन रितेन खड्काले गरेका थिए ।