बेलायती महारानी एलिजावेथ द्वितीयाको निधन

लण्डन । बेलायती महारानी एलिजा वेथ द्धितियाको निधन भएको छ ।

विहीबार अपरान्ह स्कटल्याण्डको बाल्मोरल प्यालेसमा ९६ वर्षिया महारानीको निधन भएको बकिङहम प्यालेसले जनाएको छ ।

महारानीको निधनपूर्व  शाही परिवारका धेरै सदस्य सहित उनका छोराछोरीहरु स्वास्थ्यको समस्या देखिएपछि स्कटल्याण्ड उनीसग गएका थिए ।

महारानी एलिजावेथ द्वीतीयाका ३ छोराहरु १ छोरी सहित जम्मा चार सन्तान छन्। एलिजाबेथको शासनकालमा १५ जना बेलायती प्रधानमन्त्री परिवर्तन भएका थिए । महारानी एलिज़ाबेथको जन्म १९२६ अप्रिल २१ तारिखमा भएको हो ।

सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा एलिजाबेथ द्वितीयले गद्दी सम्हालेकी हुन् । उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्।

सत्तामा लामो दशक बिताएकी एजिलाबेथले आफ्नो शासनकालमा कहिल्यै विचलित नभई राजतन्त्र सुरक्षित राखिन् ।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो।

९६ वर्षीय महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारीहरू जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्दै आएकी थिईन् ।

महारानीको निधनसंगै उनका छोरा चार्ल्स राजाको रुपमा राजगद्धीमा आएका छन्।

गहिरो पीडासहित महारानी एलिजाबेथको निधनको घोषणा भएको छ,’ दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनमा सम्पूर्ण जनतासहित राजपरिवार गहिरो दुःख व्यक्त गर्दछ ।