गयिका ईन्दिरा जोशी लण्डन आउने

indira joshi

लन्डन । लन्डनका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा आउने भनिएकी गायिका ज्योति मगरलाई बेलायती दूतावासले भिसा नदिएपछि उनको सट्टामा गयिका इन्दिरा जोशी लण्डन आउने भएकी छन ।

ज्योतिको भिसा नलागेपछि घोषित १३ वटा कार्यक्रम मध्ये सुरुका ३ वटा कार्यक्रम समय अभावका कारण केहि साता पछिको लागि सारिएको छ भने अन्य कार्यक्रम हरु तोकिएकै मिति र भेन्यूमा हुने ब्रिटिश गोर्खा नेपाली परिषदका अध्यक्ष एकराज नेम्बाङले बताएका छन ।

गोर्खा कल्चरल नाइटको पहिलो कार्यक्रम जनवरी २ मा फार्नब्रोमा हुनेछ भने त्यसपछि जनवरी ३ मा वेल्स, ८ मा कोलचेस्टर, ९ मा रेडिंग र १० मा ग्रेसमा ,१६ मा आसफोर्ड, १७ मा विन्चेस्टर, २३ मा स्वीण्डन, २४ मा लण्डन, २९ मा ननिटन , ३० मा बेजिंगस्टोक र ३१ मा क्याटरिकमा कार्यक्रम तय भएका छन ।

कार्यक्रमबाट संकलित रकम नेपालको सामाजिक क्षेत्रमा लगानी गरिने छ । परिषदले नेपाल च्याप्टर गठन कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । काठमाडौंमा भब्य समारोह बीच नेपाल च्याप्टरको समुदघाटन गरिने अध्यक्ष नेम्बाङले जानकारी दिए ।