काठमाडौं- सरकारले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को पृष्ठ बढाउने तयारी गरेको छ । हाल जारी हुने पसापोर्टको बाहिरी कभर सहित ३२ पृष्ठको छ ।
ब्यक्तिगत विवरण, मुद्रा सटही पृष्ठ, बाहिरी खोल लगायतले जम्मा १८ पृष्ठमा मात्र भिसा लगाउन र आउँदा जादाको छाप लगाउन मिल्ने स्थान छ । वर्तमान राहदानीको म्याद १० वर्षको भएपनि बढीमा ८ पटकको विदेश भ्रमणमा नै समाप्त हुने अवस्था छ ।
दक्षिण एसियामै सबै भन्दा बढी शुल्क लिने भनेर चिनिएको नेपालले पृष्ठ समेत कम गरेपछि सर्वसाधारण माथि राज्यले ब्यापार गरेको भन्ने सम्मको गुनासा हेलो सरकारदेखि राहदानी विभागमा समेत रहेको अधिकारीहरु बताउछन् ।






