चितवन- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराईमा रहेका एफएम रेडियोले सद्भाव खल्बलिने गरी समाचार सम्प्रेषण गरेकै कारण तराई आन्दोलन अनावश्यक उचालिएको बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले तराईमा सञ्चालित एफएम रेडियोहरुले आन्दोलनलाई उत्तेजित पार्नेगरी समाचार सम्प्रेषण गर्ने, गीत बजाउने र शान्ति सद्भाव भड्कने गरी गतिविधि सञ्चालन गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “समाचार, सूचना, घटना विश्लेषण यथार्थपरक हुनुप¥यो, तर तराईका एफएमले भड्काउने काम गरे, यो अत्यन्त गलत भयो, सद्भाव बिथोल्न कसैले पाउँदैन ।”







