काठमाडौं,१६ असोज ।उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई शुक्रबार न्युर्योकमा सम्बोधन गर्ने क्रममा भारतले अहिले नेपालमाथि लगाइरहेको चर्को नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष कुरा राख्न सकेनन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको नयाँ संविधान आफू अनुकुल नबनेको भन्दै रुष्ठ भारतले एक सातादेखि नाकाबन्दी लगाएपछि नेपालको जनजीवन ठप्प भइरहेका बेला मन्त्री स
सिंहले नेपालका तर्फबाट त्यसबारे बोल्न सकेनन् ।
मन्त्री सिंहले वैशाखामा गएको भूकम्पमा भारतले गरेको सहयोगका लागि प्रसंसा भने गर्न छुटाएनन् । यद्यपी सिंहले घुमाउरो भाषामा अतिकम विकसित मुलुकको पारवहन सुविधा कुनै पनि बहानामा रोकिन नहुने भन्दै भारतकाृ नाकाबन्दीको विरोध गरे । भारतको नामै किटेर नाकाबन्दी लगाएको भन्न सकेनन् ।






