लण्डन । साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा यहि डिसेम्बर १७ तारिख बिहिबारका दिन उपप्रधान तथा पराष्ट्र मन्त्री कमल थापासंग एनआरएन यूकेले एक अन्तरक्रिया गर्ने भएको छ ।
एनआरएन यूकेका प्रवक्ता खुशी लिम्बूका अनुसार बेलायतमा उपप्रधानमन्त्री थापालाई स्वागत गर्दै देशको समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया पनि गर्न लागिएको हो ।
सो कार्यक्रम सांझ ६ बजे सुरु हुनेछ ।उपप्रधान तथा परराष्ट्रमन्त्री थापा यहि डिसेम्बर १५ तारिख मंगलबारका दिन लन्डन आइपुग्नेछन ।
नेपाल-बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सयौं वर्षगाँठ समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा १६ तारिख बुधबारका दिन सहभागी हुनेछन ।
भ्रमण क्रममा मन्त्री थापाले नेपाल र बेलायतबीच केही समययता उत्पन्न असमझदारीलगायत विषयमा छलफल गर्ने बताइएको छ ।






