डा. गोविन्द केसी ‘राष्ट्रिय सदाचार सम्मान २०७२’ बाट सम्मानित

Govinda KC

काठमाडौं- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै अवसरमा भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी इन्टरनेसनले बुधबार राजधानीमा एक कार्यक्रम गरी भ्रष्टाचारविरुद्धको अभियनमा संलग्न भएको भन्दै डा. गोविन्द केसीलाई ‘राष्ट्रिय सदाचार सम्मान २०७२’ बाट सम्मानित गरेको छ ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष भरतबहादुर थापाले दोसल्ला र सम्मानपत्र दिएर डा. केसीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा भ्रष्टाचारविरोधी नाटक तथा कलाकार मनोज गजुरेलले भ्रष्टाचारविरुद्धको प्रहसन गरेका थिए ।