‘भूपरिवेष्टित देशमा पारवनका लागि हवाई सेवा अति आवश्यक’

Ananda-Pokharelकाठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन आनन्दप्रसाद पोखरेलले भूपरिवेष्टित देश भएकाले पारवहनका लागि हवाई सेवा अति आवश्यक भएको बताउनुभएको छ ।

नागरिक उड्डयन प्राधिकरण नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हवाई सेवालाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“नेपालमा अहिले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, अब दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगण्ड, पोखरा र लुम्बिनीमा पनि विमानस्थल सञ्चालन गर्न सके सहज पारवाह हुने थियो”–उहाँले थप्नुभयो ।

भूपरिवेष्टित राष्ट्रमा हवाई सेवा पर्याप्त मात्रामा भएमा नेपालको राष्ट्रियता र सार्वभौमसत्तालाई पनि बलियो हुने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले हवाईजहाजको गुणस्तर वृद्धि गरी आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि पनि देशका ७५ वटै जिल्लामा विमानस्थल बनाउन जरुरी भएको बताउनुभयो ।