पूर्व अर्थमन्त्री पुनलाई उपचारार्थ थाइल्याण्ड लगियो

barshaman punकाठमाडौँ- एकीकृत नेकपा(माओवादी)का सचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिएको छ ।

विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि आजै थाइल्याण्ड लगिएको जानकारी दिनुभयो । भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भए पनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उहाँलाई आज थाइल्याण्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताउनुभयो ।