दुई वर्षभित्र विद्युतभार कटौती अन्त्य : ऊर्जामन्त्री रायमाझी

top bahadur rayamajhi
ललितपुर- उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र देशलाई विद्युतभार कटौतीमुक्त बनाउने बताउनुभएको छ ।

दक्षिण ललितपुर विद्युत् सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालमा भएको प्राकृतिक स्रोतको उपयोग गरी ऊर्जा विकासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले तत्काल देशलाई ऊर्जा सङ्कटकाल घोषणा गर्नेसमेत बताउनुभयो ।

आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गरेर निर्यात गरिने योजनासमेत रहेको उहाँको विश्वास थियो । मन्त्रालयले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याएर ऊर्जा क्षेत्रको विकास गर्ने बताउनुभयो ।