त्रिपक्षीय बालुवाटार वार्ता असफल

barta
काठमाडौं- सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय वार्ता असफल भएको छ। शनिबार राति पौने आठ बजे वार्ता सुरु वार्तामा तीन दलले राखेको प्रस्ताव मोर्चाले अस्वीकार गरेपछि वार्ता असफल भएको हो ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत तीन दलका वरिष्ठ नेताहरु सहभागी थिए । वार्तामा मधेसी मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।

शुक्रबार बेलुका बालुवाटारमा त्रिपक्षीय निर्णायक वार्ता हुने भनिए पनि आन्दोलनरत मधेसी मोर्चाका नेताहरु वार्ता छोडेर भारतीय दूतावास गएपछि वार्ता हुन सकेको थिएन । बालुवाटारमा निर्णायक वार्ताका लागि तीन दल प्रतिक्षारत रहेकै बेला भारतीय राजदूत रन्जित रेले मधेसी नेताहरुलाई परामर्शका लागि दूतावासमा बोलाएका थिए।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाँदैछन् ।