राजमान थकालीको दिप प्रज्ववलनमा उर्लियो सिंगो सिड्नी

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायबाट सफल व्यवसायी स्व. राजमान थकालीको स्मृतीमा सिड्नीमा शोक सभा सहित दिप प्रज्वलन गरिएको छ ।स्व. थकालीको स्मृतीमा आयोजित दिप प्रज्वलनमा सिड्नी स्थीत रकडेल पार्कमा १२ सेप्टेम्बर बिहीबार बेलुका ५ बजे सुरु भएको कार्यक्रमा रहेको सिंगो नेपाली समुदाय उर्लिएको थियो ।थकाली लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट ग्रसित थकालीको गत शनिवार ५० वर्षको अल्पायूमै निधन भएको थियो ।

सहयोगी र मिलनसार एवं नेपाली समुदायका अभिभावको रुपमा रहेका थकालीको निधन प्रति दुख व्यक्त गर्दै १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा सन् १९९६ देखि २०२४ सम्म अस्ट्रेलियामा आएका नेपाली र विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीहरु संगै स्व. राजमान संग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका झण्डै ४ भन्दा बढीको सहभागीता रहेको कार्यक्रम संयोजक सिद्धार्थ पौडेले प्रतिक्रिया दिए। मौसमले साथ नदिए पनि  छाता ओडेर लामो लाइनमा बसी विभिन्न संघसंस्थाका प्रतिनिधि, राजमान थकालीका पारिवारिक सदस्यहरु, गैर नेपाली साथीहरु लगायतले स्व. राजमानलाई सम्झँदै दिप प्रज्वलन गर्दा पार्कमा शौन्यता छाएको थियो। दिप प्रज्वलनमा एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, वर्तमान अध्यक्ष अनिल पोखरेल, पोखरा समाज अस्ट्रेलियाका निवर्तमान अध्यक्ष राजकुमार अधिकारी, वर्तमान अध्यक्ष तारा गुरुङ, महासचिव प्रकाश सुवेदी, रक्डेल वोईजका पदाधिकारीहरु, सहारा क्लवका पदाधिकारी, साउथ वेष्ट नेपलिज कम्युटिनीका निवर्तमान अध्यक्ष सुदिप ढकाल, पूर्व अध्यक्ष देवेन्द्र सापकोटा, मल्टिडायनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौड्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी, राजमान थकालीका पारिवारिक सदस्यहरु, गैर नेपाली साथीहरु लगायतले स्व. राजमानलाई सम्झँदै उनले नेपाली समुदायसंगै सिंगो अस्ट्रेलियाको समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए । स्व. राजमान थकाली विशेषगरी अस्ट्रेलियामा आउने नेपालीहरु मध्ये अत्यन्तै मिलनसार संगै विभिन्न व्यवसाय खोलेर नेपालीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिँदै आएका थिए । उनको निधनले अस्ट्रेलियाको नेपाली समुदायमा अपूरणीय क्षति पुगेको सहभागीहरुको भनाइ थियो। सहारा फुटबल क्लबको समेत संस्थापक रहेका थकाली नेपालमा पोखराका स्थायी बासिन्दा हुन् ।अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएपछि विभिन्न पेशा र व्यवसायमा हात हालेका उनले अन्ततः मुग्लान रेष्टुरेन्टमा थकाली स्वाद पस्केपछि सफलताको सिढी चढेका थिए । उनका अस्ट्रेलियाका विभिन्न  व्यवसाय छन । ५० वर्षीय स्व. राजमानका श्रीमती र २ जना छोराहरु छन् । पुख्र्यौली घर मुस्ताङ रहेपनि उनको पोखरा, नागढुंगामा घर छ ।