ज्ञापन पत्र बोकेर वैद्य पुगे भारतीय दूतावास

mohanकाठमाडौं- भारतीय नाकाबन्दीको विरोध गर्दै नेकपा क्रान्तिकारी माओवादीले भारतीय दूतावासमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको टोलीले सोमबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास पुगेर दूतावासका कर्मचारीलाई ज्ञापनपत्र बुझाएको हो ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय कानुनविपरित आर्थिक नाकाबन्दी गरिएको विरोधमा आफूहरुले ज्ञापनपत्र बुझाएको अध्यक्ष वैद्यले बताए ।

ज्ञापनपत्र बुझाउनुअघि माओवादी कार्यकर्ताले केहीबेर भारतीय नाकाबन्दीको विरोधमा नाराबाजीसमेत गरेका थिए ।