सोफिया (बुल्गेरिया), ३ मङ्सिर । पोल्याण्डबाट १६१ जना यात्रु बोकेर पोल्याण्डबाट इजिप्टतर्फ गइरहेको एक बिमानमा बम राखिएको हल्ला भएपछि आकस्मिक अवतरण गराइएको समाचार छ ।
सो विमानमा बम राखिएको हल्ला आएपछि पूर्वी बुल्गेरियामा आकस्मिक अवतरण गराइएको बताइएको छ । विमानस्थल अधिकारीहरुले विमान सकुशल अवतरण गराइएको बताएका छन् ।
सो जहाजमा रहेका एक साठी वर्षकाजस्ता देखिने यात्रुले नै सो विमानमा बम राखिएको बताएका थिए । त्यसपछि उक्त विमान आकस्मिक अवतरण गराइएको थियो ।
बुल्गेरियाको बुर्गाज विमानस्थलमा सो विमान अवतरण गराइएको बताइएको छ । त्यस विमानबाट यात्रुहरुलाई उद्वार गरी बाहिर झिकेर त्यहाँ थप खानतलासी गरिएको बताइएको छ ।
उक्त सूचना दिने त्यस व्यक्तिलाई हिरासदमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनी र सो विमानमा बम राखिएको भनी दिइएको सूचनाको बारेमा अनुसन्धान जारी राखिएको छ ।
बुधबारमात्र पनि दुईवटा अमेरिकी विमानमा बम राखिएको हल्लापछि आकस्मिक अवतरण गरिएको समाचारमा जनाइएको थियो ।
अमेरिकाबाट उडेका ती विमानमा बम राखिएको हल्ला आएको थियो । सो हल्लापछि एउटा बिमान अमेरिकामै र अर्काे विमान क्यानाडाको विमानस्थलमा अवतरण गराइएको थियो ।
फ्रान्सको पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलामा परी १२९ जनाको ज्यान गएपछि पेरिसकै लागि उडेका ती बिमानमा बम राखिएको हल्ला दिएएको छ ।
उक्त पेरिस आक्रमणपछि विमानमा बम राखिएका यस्ता समाचारहरु बारम्बार आउन थालेका छन् । रासस/एएफपी
पोल्याण्डबाट उडेको विमानमा बम, बुल्गेरियामा आकस्मिक अवतरण






