लन्डन २९ असाेज । नेपालीहरूकाे महान पर्व विजयादशमीकाे अवसरमा लन्डनस्थित नेपाली दूतावासले जलपान कार्यक्रम गर्ने भएकाे छ । आगामी २० अक्टोबर, मंगलबार दशैं जलपान कार्यक्रम तय गरेको दुतावासले जनाएकाे छ । दशैंको शुभ अवसरमा बेलायतस्थित नेपाली समुदायबीच शुभकामना आदानप्रदान गर्न विगत वर्षहरु झैं यस पटक पनि जलपान हुन लागेको हो ।
जलापान कार्यक्रममा सबै नेपालीलाई प्रवेश खुल्ला खगरीएकाे पनि दुतावासले जनाएकाे छ । उक्तदिन कार्यक्रम अपरान्ह तीन देखि सांझ ६ बजेसम्म हुने जलपान कार्यक्रम लण्डनस्थित नेपाली दुतावास भवनमै अायाेजना गरीएकाे छ । जलपानमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरीएकाे कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बताए ।







