फ्रान्स। पेरिसमा भएको आतंकवादी हमलाको ४८ घण्टापछि फ्रान्सले आतंकवादी संगठन आइएसविरुद्ध कडा कारवाही थालेको छ ।
अमेरिकी सैनिकको सहयोगमा फ्रान्सका सेनाले १० फाइटर विमानबाट आईएसको राजधानी तथा अड्डा मानिने सीरियाको रक्कामा कडा कारवाही स्वरुप बम प्रहार गरी आईएसका कमाण्ड पोस्ट र ट्रेनिङ क्याम्प ध्वस्त पारेको छ ।
शुक्रवार पेरिसमा आतंकवादी हमला पछि फ्रान्सले पहिलोपटक आईएसमाथि ठूलो कारवाही गरेको हो । आईएसले सिरियाको रक्कालाई कब्जा गरेर आफ्नो राजधानी बताउँदै आएको छ । फ्रान्सका रक्षामन्त्रीका मीडिया एडवाइजरका अनुसार फाइटर विमानले जून ठाउँमा बम हमला गरेका छन् त्यहाँ एक कमाण्ड सेन्टर, एक रिक्रूमेन्ट सेन्टर, आयुध भन्डार र ट्रेनिङ क्याम्प थिए । यो हमलाका लागि फाइटर प्लेनले यूएई र जोर्डनबाट उडान भरेका थिए ।
फ्रान्सका अधिकारीले भनेका छन्- यो कारवाहीमा २० वटा ठूला बम खसालेर आईएसका अधिकांश केन्द्रहरु नष्ट गरिएको छ । फ्रान्सको राजधानी पेरिस घटनापछि टर्कीमा विश्वका नेताहरुबीच आईएसविरुद्ध एक भएर लड्ने घोषणा गरेका छन् ।
शुक्रबार पेरिसमा भएको आतंकवादी हमलामा १३२ जनाको मृत्यु भइसकेको छ ।(एजेन्सीको सहयोगमा)
आतकंवादी हमलापछि फ्रान्सले चाल्यो कडा कदम






