काठमाडौँ ३० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दललाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासघंद्वारा यहाँ आज आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए ।
चेतावनी दिँदै उनले भने– तपाईहरुका कारणले सारा नेपाली जनताले दुःख पाएका छन्, अब आन्दोलन फिर्ता लिएर वार्ता बस्नुस्, अन्यथा सरकार कदम चाल्न बाध्य हुनेछ ।’
मधेसी मोर्चालाई गृहमन्त्री बस्नेतले दिए चेतावनी






