लण्डन ।मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न एनआरएन यूकेको बैठकले सल्लाहाकार लगायतका बिभिन्न समिति तथा उपसमितिमा मनोनयन गरेको छ । अध्यक्ष मुछेत्र गुरुङका अनुसार कार्यसमितिको बैठकले ६५ जनाको नाम प्रस्ताव गरेको छ ।
जस्मा सल्लाहकारहरुमा डा राघव धिताल, रामशरण सिंखडा, विश्वआदर्श पण्डित, विज्ञान प्रसाई, लोक गुरुंग, कर्ण शाही, भक्त गुरुंग, सुरेन्द्र श्रेष्ठ, डा पदम सिंखडा, विनोद ज्ञवाली, शिबजी श्रेष्ठ, पशुपति भण्डारी, कुमार श्रेष्ठ, मोहन गुरुंग, एलएन पाण्डे, सुरज केसी, ह्यारी गुरुंग, जीवन सेन, डा राम अधिकारी, शुसिला कार्की, बालजंग अर्याल, अर्जुन गौतम, पूर्ण लक्सम, राजेन्द्र पुडासैनी, भिममहेन्द्र गुरुंग, कल्पना आंगबुहांग, नरेश कांगवांग, श्रीचन्द्र गुरुंग, काजिमान याक्सो ,उधोग व्यापार संयोजक ललित न्यौपाने लगायतका ६५ जनालाई मनोनित गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता खुशी लिम्बूका अनुसार ६ जना मनोनित सदस्यहरुको कोटामा कृष्ण भट्टराई, कोपिला सुब्बा, मञ्जु खरेल, डा राजेन्द्र थापा, ललित गुरुंग र छविमाया पुन छनौट भएका छन ।
त्यसैगरि आईसिसीमा मनोनित हुने सदस्यमा बेलायतका तर्फबाट पूर्व अध्यक्ष योगेन क्षेत्री र प्रकाश गुरुंगलाई पठाउने निर्णय भएको छ ।
एनआरएनए यूकेले नेपाल हाउस निर्माण गर्ने निर्णय गरेको छ । एनआरएन यूकेको आइतवार बसकेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नेपाल हाउस अवधारणा कार्यान्वयन तथा निर्माण समितिमा पूर्ण कार्यसमिति तथा सल्लाहकारहरुलाई सम्मिलित गराएको छ. एक महिनाभित्रमा प्रारम्भिक रेखांकन गर्ने जिम्मा इन्जिनियर राजेश पाठकलाई दिएको छ भने नेपाल हाउसकाे प्रारम्भिक अनुमानित बजेट १.२५ मिलियन पाउण्ड रहेकाे छ ।
बैठकमा आर्थिक विभाग संयोजकमा सहमहासचिव अर्जुन कटुवाल तथा सचिवमा कोषाध्यक्ष दीपक श्रेष्ठलाई तोक्ने निर्णय भएको छ ।
साथै कानुनी परामर्श तथा अनुसन्धान विभाग संयोजकमा सचिव फडिन्द्र भट्टराई र खेलकुद विभाग संयोजकमा उपाध्यक्ष राष्ट्र राईलाई नियुक्त गरिएको छ ।
कल्याणकारी विभागको संयोजकमा च्यारिटी प्रमुख सनतकुमार गुरुङलाई नै जिम्मा दिइएको छ । स्किल ट्रान्सफर विभाग संयोजकमा सचिव कृष्ण तिवारी र एनआरएनए यूकेको वेवसाइट व्यवस्थापन तथा आइटी एक्सपर्ट समन्वय गर्ने जिम्मा सदस्य मिलन गुरुङलाई दिने निर्णय भएको छ ।
स्कटल्याण्ड, वेल्स र आयरल्याण्डमा एनआरएनए यूके कार्यसमितिले एक एकजना संयोजक तोक्दै कार्यसमितिकै मातहतमा रहने गरि क्षेत्रिय समिति विस्तार गर्दै लैजाने निर्णय भएको छ ।
कार्यसमितिले आगामी वर्ष सेप्टेम्बर २०१६ मा काउन्सिल बैठक गर्ने निर्णय गर्दै मिति र स्थान तोक्ने जिम्मा महासचिव विजय विक्रम लिङ्देनलाई दिएको छ ।
एनआरएनए यूके पुरानो कार्यसमितिको पहलमा भएको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोष पारदर्शी रुपमा सञ्चालन गर्न एक उपसमिति समेत गठन गर्ने निर्णय समेत गरेको छ । अक्षयकोष बारेमाअनुसन्धान गर्न अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजयविक्रम लिङ्देन र सचिव फडिन्द्र भट्टराई रहेको समिति गठन भएको छ ।
सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा पुरानो कार्यसमितिलाई विदाई तथा सम्मान गरियो । उक्त सत्रमा युरोप संयोजक कुल आचार्य प्रमुख अतिथी थिए । त्यसैगरि युरोप संयोजक आचार्य, उपाध्यक्ष दासु पाण्डे, आइसीसी सदस्य विश्वासदीप तिगेला, विधान संशोधन समितिका संयोजक गणेश इजम लगायतले मन्तव्य दिएका थिए ।






