यस्तो रोबोट, जसले कसरत गर्दा पसिना निकाल्छ (भिडियाेसहित)

वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सिट अपलगायतका व्यायाम गर्न सक्दछ ।

अझ सबैभन्दा रोचक कुरा त के भने यो रोबोटको शरीरबाट व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ ।

जापानको युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले बनाएको यो रोबोटको नाम केंगोरो हो । यसलाई क्र्यास टेष्टमा प्रयोग गर्न सकिन्छ । यसका साथै यो रोबोटको प्रयोग खेलाडी तथा धावकहरुका मांशपेशीको विश्लेषणमा पनि गर्न सकिन्छ ।