काठमाडौं, २९ कात्तिक । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताएको छ ।
देउवाले चित्त नबुझेका कुरामा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गरे ।
भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै उनले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह समेत गरे ।







