लण्डन । फ्रान्सको राजधानी पेरिसमा आतंकवादी हमलामा १३८ जनाको मृत्यु भएकोमा , ज्यान गुमाउनेहरुको स्मृतिमा लन्डनको मुटु ट्राफलगर स्क्वायरमा सामूहिक दीप प्रज्वलन गरेका छन ।
सो आक्रमणमा परि ज्यान गुमाउनेहरुको स्मृतिमा सामूहिक दीप प्रज्वलन कार्यक्रममा स्वतफुर्त हजारौ सहभागी भएर मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरे ।
विश्वभरका पर्यटकहरुको मुख्य आकर्षण लन्डनको मुटु ट्राफलगर स्क्वायर । सधैं रोमाण्टिक माहोलमा रम्ने उक्त केन्द्र सनिवार सांझ भने आफैं रोइरहे झैं लाग्थ्यो । धेरैको आंसु पोखिए त्यहां ।
बेलायतका कुनाकुनाबाट श्रद्धाञ्जलि अर्पण गर्न ओइरिएका थिए बेलायतवासी , झन्डै एक घण्टा लामो कार्यक्रमका क्रममा सहभागीले ‘प्रे फर पेरिस’, “इस्टे इस्ट्रोङ; लगायतका नारा निकैबेर घन्काए । मृतकहरुको सम्झनामा मौनधारण समेत गरियो ।त्यसैगरि ट्राफलगर स्क्वायर फ्रान्सको झन्डाले सजिएको थियो ।
शुक्रबार राति भएको यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ । पेरिसका विभिन्न ठाउँमा एक-साथ गरिएको हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसले लिएको छ ।







