एनआरएनए यूके निर्वाचन समितिले गर्यो उम्मेद्वारको नाम सार्वजनिक, के-के भयो पुरा विवरण सहित

लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नयाँ नेतृत्व चयनको लागि जुलाई ३१ मा हुने निर्वाचनमा चुनाव लड्ने उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

यसअघि प्रकाशित प्रथम नामावलीमा दावीविरोध र प्रमाणिकरणको प्रक्रियापछि निर्वाचन समितिले बिहीबार दिउँसो अन्तिम सूची प्रकाशन गरेको हो ।

निर्वाचन समितिका अनुसार यसअघि दर्ता गराएका तीन जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । आइसीसी सदस्यका लागि उम्मेद्वारी दिएका २ जना र स्कटल्यान्ड परिषद अध्यक्षका १ गरी तीन जनाले उम्मेदवारी फिर्ता गरेका हुन्। तर उजुरीको आधारमा भने कसैको पनि उम्मेद्वारी खारेज भएनन् ।

यसरी उम्मेद्वारी फिर्ता लिनेहरुमा आईसीसीमा अर्कराज तिम्सिना र केदार थपलिया रहेका छन् । यससँगै सात जना आईसीसी पदमा निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा दिनेश घिमिरे, कोशलेश्वर ढकाल, एलएन पाण्डे, महेश अधिकारी, राजेन्द्र पुडासैनी, समिर खनाल र भिमलाल भट्टराई रहेका छन् ।

स्कटल्यान्ड परिषदको अध्यक्षमा उम्मेदवारी दिएका तीनमध्ये शिवकान्त खरालले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

अनलाइनबाट मतदान हुने निर्वाचनमा अध्यक्षको लागि प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना रोजिना प्रधान राईले उम्मेद्वारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्