तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई ३१ मा तोकिएको चुनावमा विभिन्न पदमा उम्मेद्वारी दिने व्यक्तिहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ । उम्मेद्वारहरुको नामावली हेरफेर हुने लामो समयको क्रमसँगै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्षमा २ जनासहित १६ पदमा ४९ जनाको उम्मेद्वारी परेको छ । अध्यक्षमा डा। ज्ञानेन्द्र रेग्मी र नन्द गुरुङ भिड्ने भएका छन् । त्यस्तै महासचिवमा राजु बाबु अधिकारी र अच्युत शर्मा थपलिया, सचिवमा तिर्थराज कार्की र सन्ध्या शाहले उम्मेद्वारी दिएका छन् ।
२०१९–२३ कार्यकालमा राम्रो काम गरेको भन्दै चर्चा कमाएका अनिल पोखरेल कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । भने सहकोषाध्यक्षमा कर्ण कुमार यादव र राज कुमार नगरकोटी, युवा संयोजकमा महेश प्रसाईँ (म्याक्स) र बबिन शर्मा भिड्दैछन् ।
युवा उपसंयोजक पदमा भने बद्री क्षेत्री र चन्द्र तिवारीको उम्मेद्वारी परेको थियो । तर निर्वाचन समितिले प्रस्तावक र उम्मेद्वारको नाम एकै भएको भन्दै क्षेत्रीको उम्मेद्वारी खारेज गरिदिएसँगै तिवारी निर्विरोध भएका छन् ।
यूथ उपसंयोजकमा आफ्नो नाम हटाइएको भन्दै बद्री क्षेत्रीले स्वतन्त्र रुपमा युवाहरुको समेट्न पर्छ, फोहोर राजनीति हटाउनु पर्छ भन्ने मान्यता सहित आफू चुनावमा आएको भएपनि आफूलाई जानकारी नै नदिई नाम हटाइएको भन्दै उनले आपत्ति जनाएका हुन् ।आवेदन अमान्य भएको भन्दै अन्तिम नामावली प्रकाशनको हुँदै गर्दा मात्र जानकारी दिइएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन् । प्रस्तावकको नाम एकै भएको कारण देखाएर निर्वाचन समितिले उनको उम्मेद्वारी अस्वीकार गरेको बताइएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त सुरेन्द्र सिंग्देलले भने निर्वाचन आयोगले नियमसम्मत नै काम गरेको बताए । उम्मेद्वारी दिने र प्रस्तावक एकै व्यक्ति भएको कारण विधानअनुसार उनको निवेदन अमान्य भनेको बताए ।
त्यस्तै युवा सचिवमा सुजन न्यौपाने, क्षितिज बुढाथोकी, युवा कोषाध्यक्षमा रन्जित राज वन्त र सुमन न्यौपानेले उम्मेद्वारी दर्ता गराए ।
युवा सदस्यहरुमा १० जनाले उम्मेद्वारी दिएका छन् । यसरी उम्मेद्वारी दिनेहरुमा श्याम कृष्ण बोहोरा, आकाश केसी, आश्मा आचार्य, सन्देश राजभण्डारी, विकल भट्टराई, आशिष कार्की, लक्ष्मण प्रसाद भट्टराई, कन्चन कुमारी ठाकुर, दिक्षान्त ढुँगेल र रामकान्त न्यौपाने रहेका छन् ।
एनआरएनएको भगिनि संस्था नारी निकुन्ज संयोजकमा मोनी लिम्बू र मन्जु खड्काचुनावी मैदानमा उत्रिएका छन् । उपसंयोजकमा समिक्षा अधिकारी पाठक, सचिवमा शर्वदा घिमिरे अधिकारी, कोषाध्यक्षमा जिप्सना पौडेल, सदस्यमा पूजा थपलिया र प्रजिता जेलालले उम्मेद्वारी दिए भने आईसीसी सदस्यको लागि बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, मेघराज पौडेल, राजेश बुढाथोकी, चिन बहादुर नेपाली, परेश राज घिमिरे, प्रेम प्रसाद कंडेल, सरोज पाण्डे, राजकुमार अधिकारी, सूर्य आचार्य, धर्मराज अधिकारी, नविन भण्डारी, चन्द्र प्रकाश ढकाल, अनन्त एलेक्स कार्की, दिक्पाल देव पंगेनी र प्रज्वल भट्टराईले चुनाव लड्दैछन् ।
त्यस्तै निर्वाचन समितिले ८ वटै राज्यहरुमा पनि उम्मेद्वारी दिनेहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
एनआरएनए न्यू साउथ वेल्स राज्य समिति संयोजकमा देव गुरुङ र प्रतिज्ञा अधिकारी भिड्दै छन् । गुरुङले २०१५–१७ मा महासचिव तथा २०१९–२१ एनएसडब्लु संयोजकको रुपमा काम गरिसकेका छन् अधिकारीले भने नारी निकुन्ज लगायत विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरेकी छन् ।
न्यू साउथ वेल्सको सहसयोजकमा सुकृति राज्यलक्ष्मी भट्ट, चोलाकान्त कोइराला (विष्णु) र ब्राशिश सुवाल तथा सचिबमा अनिल पौडेल र विनोद बहादुर कुवर, प्रेम मोहरा राकेश जोशी सहसचिबमा, भावना श्रेष्ठ र उद्धब बिष्ट कोषाध्यक्षमा भिड्दैछन् ।
वेस्टर्न अष्ट्रेलियाबाट भने दिपक बस्नेत संयोजकमा सर्वसम्मतीले चयन भएका छन् । उपसंयोजकमा सुनिल श्रेष्ठ, सचिबमा प्रवेश केसी, सहसचिबमा गोपाल शर्मा, कोषाध्यक्षमा महेश लामा निर्विरोध भएका छन् ।
भिक्टोरिया संयोजकमा हरि खड्का निर्विरोध चयन भएका छन् । नारायण कटुवाल उपसंयोजक, गणश प्रसाद कंडेल महासचिव, दिपक अधिकारी सचिव र हेमराज पौडेल कोषाध्यक्षमा सर्वसम्मत भएका छन् ।
तास्मानिया संयोजक १९–२१ मा नेतृत्व गरिसकेका सन्देश परियार र राकेश शाक्य भिड्दैछन् । उपसंयोजकमा टेकनाथ सापकोटा र जगदिश खड्का, सचिबमा प्रदीप प्रसाद पोखरेल र लोकन बिष्ट, सहसचिबमा मुगेन्द्र गौतम र चन्द्र कृष्ण हाजु भिड्दैछन् ।
साउथ अष्ट्रेलिया संयोजकमा रेणुका लामा र सन्तोषी गौतम, उपसंयोजकमा प्रतिष्ठा गौतम र सन्जय पूरी, सचिबमा छेदा दोर्जे लामा र विनोद बानियाँ, सहसचिबमा शंकर भट्टराई र सन्तोष बस्नेत, कोषाध्यक्षमा विष्णु प्रसाद चापागाईँ र राजनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै क्विन्सल्याण्ड संयोजकमा विनोद भक्त आचार्य, आशिष न्यौपाने, सहसंयोजकमा शम्भु घैसे र सन्देश श्रेष्ठ, सचिबमा अतुल खड्का र अरुण तिवारी, सहसचिबमा श्याम कुमार बस्नेत र दिपक क्षेत्री तथा कोषाध्यक्षमा सन्तोष कुमार पौडेल र विकास मानसिंह भण्डारीले उम्मेद्वारी दिएका छन् ।
नर्दन टेरिटोरीमा संयोजकमा विष्णु चापागाईँ र आशिष भुसाल, उपसंयोजकमा सन्जिब ढकाल र भवानी पौडेल, सचिबमा शिवराम पौडेल र रविन कुमार भुसाल, सहसचिबमा आकाश बिसी र शारदा घिमिरे, कोषाध्यक्षमा विजय पौडेल र अनिश जम्मरकट्टेलले चुनाव लड्दैछन् ।
एसीटी क्यानबेरा संयोजकमा अशोक बस्नेत र अविशेक उप्रेती भिड्दैछन् । सहसंयोजकमा मीरा ढुँगेल र बिक्रम सुबेदी, सचिबमा बासु चापागाईँ र काशी भुसाल, सहसचिबमा सीतादेवी सापकोटा र समीर आचार्य, कोषाध्यक्षमा रौनक कोइराला र विशाल कंडेलले चुनावको तयारी अघि बढाएका छन् ।
२००५ मा स्थापना भएको एनआरएनए अष्ट्रेलियामा संस्थापक अध्यक्ष मना केसीले भने, संस्था ठूलो भएको, सदस्यहरु बढ्दै जान थालेपछि चुनावमा पनि बढी रोचकता देखिएको एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष केसीले बताए । डेमोक्रेसीमा धेरै उम्मेद्वारी हुनु, प्रतिस्पर्धा हुनु राम्रो पक्ष रहेको भन्दै एनआरएनए संस्थाको आयाम बढ्दै जाँनु सुखद कुरा भएको उनले बताए ।
यस्तै एनआरएनए संरक्षक इन्द्रा बनले २००५ देखि २०११ सम्म सहमतिमै नेतृत्व चयन गर्ने गरिएको भन्दै त्यसपछि प्यानल बनाएर चुनाव लड्ने प्रवृतिले एनआरएनएमा राजनीति हावी भएको हो कि भन्ने भान भएको बताइन् । २००५ बाट तीस चालिस जनाबाट शुरू गरेको एनआरएनए अहिले करिब १६ हजारको हुनु सुखद कुरा भएको भन्दै उनले पछिल्लो समय राजनीति हाबी हुदा एनआरएनए अष्ट्रेलियाले सोचे अनुरुप काम गर्न नसकेको बताइन् ।
रोचक हुँदै भव्य र रोचक यसपटकको एनआरएनए चुनाव
यसपालीको चुनाव रोचक हुनुमा उम्मेदवारहरूको लडाई भन्दापनी समीकरण बनाउने र उम्मेदवार वरिपरिका समर्थक हरूको व्यापक रस्साकस्सी पनि अर्को कारक मानिन्छ ।आफूले सोचेअनुसारको नभएको खण्डमा विधान मिचिएको भन्दै फेसबुकमा रोइलो गर्नेहरु को पनि कमी छैन यहाँ यस्तो प्रवृति गलत भएको जानकारहरु बताउछन् ।
यही जुलाई ३१ मा एनआरएनएको चुनाव अनलाईन मार्फत गरिदैँछ । अमेरिका पछि कै ठूलो भएको एनआरएनए अष्ट्रेलियामा करिब १६ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरी नयाँ नेतृत्व चयन गर्दैछन् ।






