नाकाबन्दी मोर्चाले नै गरेको हो : यादव

yadav

बर्दिया, कार्तिक २३ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सीमाको नाकाबन्दी भारतले नभइ मधेसी मोर्चाले गरेको दाबी दोहोर्‍याएका छन् ।

मधेसी मोर्चाले सोमबार बर्दियामा गरेको विरोधसभालाई सम्बोधन गर्न गएका यादवले सन्चारकर्मीहरुसँग कुरा गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए ।