२२ कात्तिक, काठमाडौं । एकदिवसीय टुर म्याचमा पाकिस्तानले नेपाललाई ३२७ रनको लक्ष्य लिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
अबुधाबीमा टस जितेको नेपालले पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । अजहर अली र अहमद सेहजादको ओपनिङ जोडीले पाकिस्तानलाई राम्रो सुरुवात दिलाए ।
पहिलो विकेटका रुपमा बसन्त रेग्मीले सेहजादलाई व्यक्तिगत ३५ रनमा आउट गरे । जतिबेला टीमको स्कोर ५५ रन थियो ।
अजहरले मोहम्मद हाफिजसँग दोस्रो विकेटका लागि १०३ रनको साझेदारी गरे । अली ७३ रनमा रिटायर्ड हट भए । थप ६ रन जोड्दा सागर पुनले हाफिजलाई नरेश बुढायरको हातबाट क्याच गराए । हाफिजले मात्र एक रनले अर्धशतक बनाउन चुके ।
युनस खानले ३८ रन बनाए । उनलाई बसन्तले पभेलियनको बाटो देखाएक्ा हुन् । शाएब मल्लिक ६३ रनमा रिटायर्ड हट भए । सर्फराज अहमदलाई कप्तान पारस खड्काले मात्र ११ रनमा बोल्ड गरे ।
बाबर आजम ४३ र अनवर अली ११ रनमा अजिजित रहे । नेपालका लागि बन्सन्त रेग्मीले २ तथा पारस खड्का र सागर पुनले समान १-१ विकेट लिए ।







