प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधानका विवादित मुद्दामा राजनीतिक सहमति खोज्ने विषयमा छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले सहमतिबाटै संविधान जारी गर्ने बिषयमा प्रचण्डसँग कुरा गरे ।
कोइरालाले आन्दोलनबाट संविधान जारी नहुने सम्झाउदै प्रचण्डलाइ प्रमुख विपक्षी दलको नेताको नाताले सहमति जुटाउन बिशेष भूमिका खेल्न प्रचण्डसँग आग्रह गरे । प्रचण्डले आफू सधैं विवादित मुद्दालाई प्याकेजमै टुंग्याउने पक्षमा रहेको बताए ।
आन्दोलनबाट संविधान जारी हुँदैन : प्रचण्ड






