काठमाण्डौ २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको जारी सम्मेलनमा नयाँ नेतृत्वका लागि मतदान प्रकृया सकिएको छ । काठमाण्डौको होटल सोल्टी क्राउन प्लाजमा जारी सम्मेलनमा दिउँसो एकबजेदेखि शुरु भएको मतदान प्रकृया साँझ सात बजे सकिएको हो ।
आगामी नेतृत्वका लागि अध्यक्षमा शेष घले र डिवि कार्की विच कडा प्रतिस्पर्धा भएको छ । विद्युतिय मतदान प्रकृया भएकोले आठबजेसम्म नतिजा सार्वजनिक हुने आयोजकले बताएको छ ।






