
काठमाडौं २८ असाेज । गैर अावासिय नेपाली संघ (एनअारएन) काे साताै महाधिवेशनमा निर्वाचन शुरू भएकाे छ । काठमाण्डाैकाे हाेटल साेल्टी क्राउन प्लाजामा जारी सम्मेलनमा बिहीबार दिउँसाे २ बजेदेखि निर्वाचन शुरू भएकाे हाे ।
संघको अध्यक्ष पदमा शेष घले र टिबी कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका अर्का प्रत्यासी रतन झाले उम्मेदवारी फिर्ता लिएपछि घले र कार्कीबीच प्रतिस्पर्धा हुने भएको हो । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएन अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनको पहल गरेका थिए, तर कार्कीले अध्यक्षको दौडबाट आफूलाई बाहिर राख्न नचाहेपछि सर्वसम्मतको प्रयास विफल भएको थियो । एनआरएनबीचको सद्भाव नखलबलियोस् भनेर आफूले उम्मेदवारी फिर्ता लिएको झाले बताए ।
निर्वाचन शुरू हुनु अगाडि दुवै तर्फका उम्मेदवारले अाफूहरूले जित्ने दावी गरेका थिए । अाफ्ना समर्थकहरूलार्इ सम्बाेधन गर्दै कार्कीले व्यक्तिलार्इ भगवान मान्ने प्रबृत्तिकाे अन्य हुनुपर्ने बताए । एनअारएन व्यक्ति नभर्इ संस्था भएकाेले गैर अावासिय नेपालीहरूकाे हितका लागि अाफूलार्इ जिताउन अाग्रह गरेका थिए ।
अर्काेतर्फ घलेले पनि अाफूलार्इ अर्काे एक कार्यकालकाे लागि अध्यक्षमा जीताउन अाग्रह गरे ।
हेर्नुहाेस् भिडियाे :






