बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन् मन्त्री

न्यूजिल्याण्डकी एक मन्त्री सुत्केरी हुन साइकल चढेर अस्पताल पुगेकी छिन् ।

४२ हप्ते गर्भवती जूली जेन्टर ग्रीन पार्टीकी सदस्य हुन् ।

कारमा धेरै मानिसहरुका लागि स्थान नभएकाले आफूले साइकलमा यात्रा गर्ने निर्णय लिएको जेन्टरले जानकारी दिइन् ।

उनले श्रीमान्सँगको आफ्नो फोटो इन्टाग्राममा पोष्ट गर्दै लेखिन्, ‘आइतबारको सुन्दर बिहानी ।’

यसै वर्षको जूनमा प्रधानमन्त्री जसिन्डा आर्डर्न विश्वकी दोस्रो यस्तो महिला बनेकी थिइन् जो प्रधानमन्त्री कार्यकालमा रहँदा सुत्केरी भएकी थिइन् ।

प्रधानमन्त्री जेसिन्दा र जेन्टरले बच्चा जन्माउनका लागि अकल्याण्ड सिटी सरकारी अस्पताल रोजे ।

३८ वर्षीया जेन्टर देशकी उप–यातायात मन्त्री हुन् र साइक्लिङप्रतिको प्रेमका लागि परिचित छिन् ।