
असोज, काठमाण्डौ
केहि पोषणविद्हरुले पनि भनेका छन्, मानिसले आफ्नो ब्लड गु्रप अनुसार खाने कुराहरु खानाले शरिरलाई धेरै फाईदा पुग्छ । डा. पिटर जे डी इेडेमाकी किताबमा ब्लडगु्रप चार्टमा यस बारेमा केहि कुरा उल्लेख गरिएको छ । जसमा लेखिएको छ, कुन ब्लड गु्रप हुने मानिसले कस्तो प्रकारको खानेकुराहरु खानु पर्छ ।
ओ ब्लड ग्रुप
यो गु्रप हुने व्यक्तीहरुले प्रोटिनयुक्त खाना बढि भन्दा बढि खानु पर्छ । ओ गु्रप भएका मानिसहरुले दुध र दुधबाट बनेका परिकारहरुबाट भने टाढै रहनु राम्रो हुन्छ । यसले ओ पोजेटिभ अथवा नेगेटीभ रक्त समूहका व्यक्तिलाई फाईदा गर्दैन ।
ए ब्लड ग्रुप
यो गु्रपमा मानीसको लागि शाकाहारी खाना, हरियो सागपात, उमारीएका गेडागुडी र ड्राई फ्रुट्स जस्ता खानेकुराहरुलाई बढि सेवन गर्नु राम्रो हुन्छ ।
बी ब्लड ग्रुप
यो गु्रप हुने मानिसहरुले जुन खाना पनि खान सक्छन् । तर ड्राईफुड भने यिनीहरुको लागि खानु भन्दा नखानु नै राम्रो मानिन्छ ।
ए बी ब्लड ग्रुप
ए बी ब्लड गु्रपको लागि मिश्रीत खानेकुरा खानु राम्रो र फाईदा जनक हुन्छ । यो गु्रपका मानिसहरुलाई प्रोटिन बढि मात्रामा चाहिने हुँदा प्रोटिनयुक्त खाना खानु फाईदाजनक हुन्छ ।






