काठमाण्डौ २२ असोज । सरकारले दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन दिने भएकाे छ । गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र यातायत व्यवसायीबीच भएको बैठकले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय गरेको हाे ।दसैं मान्न जान असहज परिस्थिति निर्माण भएपछि आयल निगमले निजी मोटरसाइकललाई पाँच र निजी गाडीलाई १० लिटरका दरले इन्धन उपलब्ध गराउने भएको हो ।
‘चाडबाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनको लागि तेल दिने निर्णय भएको छ,’ मन्त्रालयका आपूर्ति व्यवस्सथापन तथा संसथान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने । मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई १० लिटर तेल दिइने निर्णय भएको छ ।
घटस्थापनादेखि नै सार्वजनिक बिदा दिँदा बजारमा कम इन्धन खपत हुने कारण निजी सवारी साधनलाई घटस्थापनाअगावै इन्धन उपलब्ध गराउन लागिएको आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिनदेखि सार्वजनिक बिदा भएको अवस्थामा शनिबारदेखि इन्धन वितरण गरिनेछ ।






