यूएस नेपाल हेल्प नेटवर्कले अमेरिकाको टेक्सासमा गोली लागेकी ज्वाला कार्कीलाई उपचारका लागि ३९ हजार एक सय २१ अमेरिकी डलर सहयोग प्रदान गरेको छ । यूएस नेपाल हेल्प नेटवर्कको टोली बुधबार कार्कीको घरैमा पुगेर उनकै बैंक खातामा रकम ट्रान्सफर गरिदिएको नेटवर्कका संस्थापकमध्येका एक प्रवेश नेपालले जानकारी दिए ।‘
गोफन्डमीमार्फत पाँच दिनमै हामी ४३ हजार अमेरिकी डलर जम्मा गर्न सफल भयौं’ नेपालले भने, ‘अमेरिकी सरकारलाई ट्याक्स बुझाएर बाँकी रहेको सबै रकम कार्कीलाई उपचार खर्चका लागि दिएका हौं ।’ यूएस नेपाल हेल्प नेटवर्कले नेपाली समुदायलाई अप्ठेरो पर्दा रकम संकलनलगायत विभिन्न किसिमका सहयोग गर्दै आएको पनि बताए ।






