मोरिस नेपालका लागि बेलायतका नयाँ राजदूतमा नियुक्त

रिचार्ड मोरिस नेपालका लागि बेलायतका नयाँ राजदूतमा नियुक्त भएका छन्। हालका राजदूत एन्ड्रयू स्पार्क्सले अवकास लिएपछि मोरिसलाई नियुक्त गरेको काठमाडौंस्थिति वेलायती दूतावासले जनाएको छ। उनले आगामी नोभेम्बरबाट आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्यासिफिक डिपाटमेन्ट प्रमुख मोरिस सन् १९९० मा कूटनीतिक सेवामा प्रवेश गरेका थिए। उनले यसअघि मक्सिकोमा मिसन उपप्रमुख र अष्ट्रेलियामा बाणिज्य दूतको रूपमा काम गरिसकेको दूतावासले जनाएको छ।