गुल्मी दुर्घटना : १० मिनेट बस चढेपछि ४ जनाकाे मृत्यू

गुल्मी २० असाेज ।  बुटवलबाट तम्घास आउने क्रममा भएको बस दुर्घटनामा मत्यु हुने ५ मध्ये ४ जनाले बस चढेको ४ देखि १० मिनेटमै भित्रै ज्यान गुमाएका छन् । दुर्घटनाको अर्को संयोग परिवारका सदस्यसंगै रहेका तिन जना एक–आपसमा छुट्टिएका छन् ।

मृत्यु हुने रेनपा ६ का रोहित मरासिनी बस चढेको ४ मिनेटमै दुर्घटनामा परे र उनको मृत्यु भयो । ५५ वर्षिय उनी सडक डिभिजन कार्यालय पाल्पाका सुपरभाईजर हुन् । सधै दिनभर सडकमै हुने र सा“झ बस चढेर घर फर्कने गरेका उनी सोमबार भने दुई नबज्दै घर फर्कन खोजे तर उनी अब कहिल्यै घर नपुग्ने गरी बस चढेको ४ मिनेटमै बिदा भए ।

त्यस्तै रेनपा १५ भंगारीबाट बस चढेकी ५७ वर्षिय भिमकुमारी श्रीसले पनि बस चढेको ८ मिनेटमै ज्यान गुमाईन् । उनी घरबाट बहिनी भेट्न तम्घास आउने क्रममा दुर्घटनामा परिन् । रेनपा ८ का करण र उनकी श्रीमती रेनपा १५ घुम्टीबाट बस चढेका थिए । चढेपछि बस तिब्र गतिमा भएकाले उनीहरुले ५ मिनेट नपुग्दै झर्न खोजेका थिए । तर चालकले बस रोकेनन् दुर्भाग्य १० मिनेटमै बस दुर्घटनामा प¥यो र करणले ज्यान गुमाए, श्रीमती कमला घाइते छन् । अर्लाङकोट ६ की ५ वर्षिय सिजन परियार भने भारतबाट बुटवल हु“दै तम्घास आउ“दै थिईन ।

दुर्घटनाका घाइते ४ जनाको मंगलबार रिडीमा र ५ वर्षिय बालिकाको बडीघाट खोलामा मंगलबार आफन्तले अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ । पाल्पा मिसन अस्पतालमा उपचार गराईरहेका घाइते मध्ये ५ जना घर फर्केका छन् । उपचार गराईरहेका रेनपा २ का ३० वर्षिय नवराज सुवेदी, मुसिकोट ६ की २९ वर्षिय माया परियार, बलिथुम ४ का ६७ वर्षिय जनक घर्ती र बलेटक्सार ७ की १९ वर्षिय मनिषा ज्ञवाली सहित ८ जनाको उपचार भैरहेको छ । सबै घाइतेको उपचारमा सुधार भैरहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा मत्यृहुनेको अर्को संयोग
बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये तिन जना परिवारका अन्य सदस्यसंगै बसमा यात्रा गर्दै थिए । संयोगले एकै परिवारका दुई सदस्य मध्ये सबैका एक÷एक जना बा“चेका छन् । घटनामा अर्लाङकोट ६ की २७ वर्षिय पुष्पा परियार घाइते छन् । भारतबाट दशैं मनाउन घर फर्कदैं गरेकी पुष्पाले आप्mनै ५ वर्षिय छोरी सिजनलाई भने बचाउन सकिनन् । छोरी बचाउन भ्mयालबाट बाहिर फाल्दा त्यही बसले किचिएर छोरीको मृत्यु भएको थियो । उनी भने अहिले पाल्पामा उपचाररत छन् ।

तम्घास आउनका लागि रेनपा १५ भंगारीबाट बस चढेका ४८ वर्षिय तामबहादुर सुनार पनि २६ वर्षिय छोरा कुमारसंगै थिए । छुट्टाछुट्टै सिटमा बसेका बाबुछोरा मध्ये तामबहादुरको बस भित्रै टाउको ठोक्किएर ज्यान गयो भने छोरा कुमार सामान्य घाइते भए । तम्घास आउन झण्डै २० मिनेटको बसको दुरी भएपनि उनीहरु दुबै जना बस चढेको १० मिनेटपछि दुर्घटनामा परेका थिए ।

त्यस्तै संयोग भयो २५ वर्षिय करण चुंदाराको दम्पत्तिको । दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्दै आएका चुदारा दरबार देविस्थानमा मजदुरीको काम गर्थै । भेट्नका लागि तम्घासबाट गएकी श्रीमति कमला चुंदारासंगै घर फर्केका उनीहरु गौडाकोटको घुम्टीबाट बस चढे । एकै सिटमा बसेर यात्रा गरेको १५ मिनेटमै उनीहरु दुर्घटनामा परे । करणको मत्यु भयो, २४ वर्षिय श्रीमती कमला पाल्पा मिसन अस्पतालमा उपचार गराईरहेकी छन् । उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।