“संस्थागत सुधार र श्रमजिवी एनआरएनका लागी मेरो उम्मेदवारी” : केसी

http://nagarikaawaj.com/wp-content/uploads/2015/10/dharma-kc.jpg?7cf3a1गैर आवासीय नेपाली संघ (एनआरएनए)को बिश्व सम्मेलन तथा सातौं महाधिबेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा सम्पन्न हुदैछ । आसन्न सातौं महाधिबेशनको मिति नजिकिदै जादा बिश्वका बिभिन्न मुलुकबाट उम्मेदवारी घोषणा गर्ने क्रमले तीब्रता पाएको छ ।

यसै क्रममा आगामी कार्यकालका लागी संघको सचिव पदमा साउदीबाटबर्तमान आईसिसी सल्लाहकार धरम के.सी.ले उम्मेदवारी घोषणा गरेका छन् । २ दशक देखि खाडी मूलुक साउदीमा कार्यरत केसीले एनसिसी साउदी अरबको संस्थापक, महासचिव, दुई कार्यकाल अध्यक्ष र प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिसकेको छन् ।

आईसिसी अन्र्तगत रहेर बैदेशिक रोजगार सूचना केन्द्रको संयोजक, आइसिसीकै बिधान संशोधन, सुझाव तथा नियमावली निर्माण समितिको सह संयोजक लगायत मध्यपूर्बका सबै एनसिसीहरूको बिधान निर्माण तथा सुधारका लागि सुझावहरू पेश गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी समेत केसीले सफल रुपमा सम्पन्न गरिसकेका छन् ।

खाडीका प्रवासी नेपालीहरुका माझ सचेतक, सहजकर्ता, स्वयंमसेवक, उद्धारकर्ता एवं सहयोगीको रुपमा आफ्नो पहिचान बनाउन सफल केसी २०१४ मा उत्कृष्ट एनआरएन घोषित समेत भएका थिए।संघको बिश्व सम्मेलन तथा सातौं महाधिबेशनसंग सम्बन्धीत रहेर  केसी संग साउदी अरेबियाबाट पत्रकार एनपी प्रधान (भरत) ले गरेको कुराकानी । – स‌म्पादक ।

१. गैर आवासीय नेपाली संघको आगामी कार्यकालका लागी तपाईले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, यहांको उम्मेदवारी के का लागी ?

हो, मैले सचिव पदको लागी उम्मेवारी घोषणा गरेको छु । मेरो उम्मेदवारी सम्पूर्ण श्रमजिवी एनआरएनहरुको लागी हो । त्यसमा पनि मूलतः खाडी तथा मलेसियामा कार्यरतश्रमजिवीहरुको सच्चा प्रतिनिधीत्वको लागी हो । साथै प्रवासमा रहेर जुनसुकै पेशा, ब्यबसाय र रोजगारी गर्ने सबै तह र तप्काका लागी एनआरएन साझा संस्था हो भन्ने बिश्वास दिलाउनका लागी पनिश्रमजिवीको फांटबाट एउटा बिशुद्ध श्रमिकको हैसियतलेपहिलोपटक सचिवालय स्तरको पदमा मैले उम्मेदवारी दिएको हो । अहिलेसम्म प्रतिनिधीत्व हुन नसकेको बर्गको प्रतिनिधीत्व गर्नका लागी मेरो उम्मेदवारी हो ।

२. उम्मेदवारी घोषणा सँगै के कस्ता योजना लिएर अगाडी बढ्नुभएको छ ?

Bharat Pradhan

मूलतः बैदेशिक रोजगारी, संस्थागत बिकास, सामूहिक लगानीका साथै हाम्रा अधिकारका कुराहरु छन् र भूकम्प बाट पूगेको क्षतिको पूर्ननिर्माण जस्ता कामहरु नै मूख्य योजनाहरु हुन् । बैदेशिक रोजगारीलाई  ब्यबस्थीत एवं सुरक्षित बनाउदै श्रमिकहरूका हक, हित, सेवा सुविधा, र अधिकारको सुनिश्चिततामै म बढी केन्द्रीत छु ।

साथैबिदेशमा सिकेको सिप, प्रबिधी र अनुभवको समेत सदुपयोग गरि स्वदेशमै रोजगारीको श्रृजनाका लागी बातावरण मिलाउने र  एनआरएनहरुलाई स्वदेशमै फर्काउने सोचका साथ लगानीका योजना ल्याउनुपर्छ भन्ने मेरो जोड हो ।

सबै प्रबासी नेपालीहरूलाई बिदेशबाटै मतदानको अधिकारको ब्यबस्था गर्ने, कामदारहरूले आफ्नो पासपोर्ट आंफै राख्न पाउने अधिकार स्थापीत गर्ने लगायतका सवालहरुलाई नै मेरो एजेण्डा हुन् ।

अर्को तर्फ१२ बर्ष सम्म आईपूग्दा सम्म पनि संस्था सबैको साझा हुन सकेको छैन, सबैको पहुंचमा पूग्न सकेको छैन,तसर्थ त्यसलाई सुधार गरेर संस्थालाई साझा समावेशी, कामदारमैत्री र सामुहिक नेतृत्व पद्धती बाट अघि बढाउनका लागी मेरो बिशेष पहल रहनेछ ।संघमा पञ्जीकृत सदस्यह हेर्दा अत्यन्तै न्यून छ यसलाई बढाउनु पर्छ भन्ने मेरो उद्धेश्य हो ।

३.केसी जी, मूख्य पद संगै सचिव पदमा तपाई सहीत धेरैजनाले उम्मेदवारी घोषणा गर्नुभएको छ, प्रतिष्पर्धा तिव्र देखिन्छ नि, यहांको जीतको आधार चाँहि के नि ?

भरत जी,अहिलेसम्म ५ जनाले उम्मेदवारी दिईसक्नुभएको छ, महाधिबेशन सम्म यो अभै बढ्ने देखिन्छ । म जितका लागी किन आशाबादी छु भने दुई तिहाई सदस्यहरु रहेको क्षेत्रबाट म एकल उम्मेदवार हुँ ।

बिगत ८ बर्ष कार्यकारी पदमा नरहेर पनि  मैले लगनशिल भएर मेहनतका साथ निरन्तर समाज र राष्ट्रका लागी योगदान दिने कोशिस गरेको छु । संस्थामामेरो कुनै ब्यक्तिगत स्वार्थ छैन ।

श्रमीकका मुद्धा जति पनि छन् त्यसको समाधानका लागी अनुभवी श्रमीकहरु नै त्यो ठांउमा पुग्नु पर्छ भन्ने ईतिहासले देखाएको छ । नागरिकता माग्नेहरुको माग पुरा भईसकेकाले अब पुरा हुन बांकी रहेका मागका लागी त्यही क्षेत्रका ब्यक्तिको आवश्यकता रहेकाले पनि म निर्बाचित हुन्छु भन्ने बढी आशावादी छु ।

हिजो यूरोप, अमेरिकालाई साथ दियौं आज उहांहरुले हामीलाई साथ दिनुहुन्छ भन्नेमा म पूर्ण बिश्वस्त छु । यसर्थ हामीले उठाएका मुद्धा नै बलियो आधार हो ।

४. तपाई बिजयी हुनु भयो भने तपाई ले गर्ने मुलभूत कामहरु के के हुन् ?

श्रमीकका समस्या समाधानका लागी सहजकर्ताको आवश्यकता छ । त्यसैले सबैभन्दा पहिलो प्रयास त बैदेशिक रोजगारीमा आउने नेपाली कामदारहरुको सेवाका लागी संस्थाको सचिवालयमै नेपालको ऐन कानुन र बैदेशकि रोजगारी सम्बन्धी ज्ञान भएको कानुन्बिद् श्रम सहचारीको नियुक्तीमा जोड दिनेछु ।

सम्बन्धीत निकायको ढिलासुस्तीका कारण पिडीत श्रमीकहरुले न्याय नपाएको अवस्था छ त्यसको हल गर्नका लागी ठोस पहल गर्नेछु । बिदेशमा सरकारको पहुंच सगैं एनआरएन लाई साझेदारको रुपमा अगाडी बढाउने अवधारणालाई मूर्तरुप दिनका लागी दुतावास संगको सहकार्य लाई शसंक्त ढंगबाट अगाडी बढाउन ठोस कदम चाल्नेछु । सिंगो बैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी एंव मर्यादीत बनाउनका लागी नितीगत र ब्यबहारिक संयन्त्रको कार्यन्वयनका लागी जोड दिनेछु ।

५. खाडी मूलुकको साझा प्रतिनिधीको रुपमा यहाँले उम्मेदवारी दिएको बताउनुभएको छ । युरोप, अमेरिका र अष्ट्रेलियाका एनआरएनहरुको दबदबा रहेको संस्थामा खाडीबाट सचिव पदमा प्रतिस्पर्धा गर्न सक्ने आधारहरु यहा संग के छन् ?

यो प्रश्नमा, तपाईको अनुमान र आशंका सही छन् । तर यसका आधारहरु पनि छन् । नेतृत्वलाई निरन्तरता दिन र संस्थामा हालीमुहाली गर्न फेरी पनि युरोप, अमेरिका र अष्ट्रेलियाबाट प्रतिस्पर्धीहरु आउनुभएको छ । संस्थामा साझा, समावेशी र समानुपातिक ढंगबाट सबैको प्रतिनिधीत्व हुनुपर्छ भन्ने मान्यता हो । क्षमता भएका र संस्थालाई योगदान दिन सक्ने जुनसुकै क्षेत्रबाट आउने सबैलाई अवसर दिनुपर्छ भन्ने मत बहुसंख्यक एनआरएनकर्मीको मान्यता छ भन्ने मैले बिश्वास लिएको छु ।

संस्थाको छबि सुधारका लगाी, प्रतिष्ठा बढाउनका लागी र संस्थाको दिगोपनका लागी मध्येपूर्वको सहभागीता आवश्यक छ र यस क्षेत्रको प्रतिनिधीत्व हुनुपर्छ भन्ने धारणा सबैको साझा धारणा बन्छ भन्ने नै मेरो आधार हो । अब खाडी र मलेसियाका मुद्धाहरुको सम्बोधनका गर्नका लागी पनि यो क्षेत्रका प्रतिनिधीत्व अनिबार्य छ ।

६. एनआरएनएको आगामी बिश्व सम्मलेनका मूख्य एजेण्डाहरु के के हुन् ?

हेर्नुस्, अहिले सम्म बिश्व सम्मेलनको खाका तयार भईसकेको छैन। तथापी भूकम्पले पुर्याएको क्षतिको घाउ अझै पनि ताजै छ । त्यसैले यसपटकको नारा पुननिर्माणको सच्चा साझेदारको रुपमा अगाडी सार्दै छौं । हामीले १७ हजार घर परिवारलाई तत्काल राहत बाड्यौं र थप १ हजार घर निर्माण गर्दैर्छौ ।

हामीले अझैपनि पूर्ननिर्माणलाई नै मूख्य जोड दिएका छौं । पूर्व अध्यक्ष जीवा लामीछानेको कार्यकालमा भएका सामूहिक लगानीका कुराहरु यस कार्यकालमा शुन्य जस्तै रहेकाले यसलाई आगामी कार्यकालमा पुनः अगाडी बढाईनेछ । यसपटक सानातिना काम बाहेक त्यस्ता ठोस काम केही पनि भएका छैनन् ।बैदेशिक रोजागारमा देखिएका समस्या समाधानका बिषयमा कुनै ध्यान दिईएको छैन । त्यसैले अबको नेतृत्व बैदेशिक रोजागार क्षेत्रका लागी ठोस कार्यनिती लिएर ठोस काम गर्ने गरि अगाडी बढ्नेछ,  यही नै बिश्व सम्मेलनको मूख्य एजेण्डा बन्नेछ ।

७. तपाई एनआरएन साउदीको संस्थापक एंव र्पूव अध्यक्ष पनि हुनुहुन्छ, झण्डै ५ लाख नेपालीहरु रहेको साउदीमा जम्मा ३ हजारको हाराहारीमा नेपालीहरु आबद्ध छन् । यति धेरै नेपालीहरु रहेको मूलुकमा यो सदस्य संख्या अत्यन्तै न्यून होईन र ?

हो भरत जी,यो अत्यन्तै न्यून संख्या हो ।यो अत्यन्तै लज्जास्पद, चिन्ताजनक अनि एनआरएनकर्मीहरुको प्रतिष्ष्ठा अनि हाम्रो बिश्वसनीयता संग जोडीएको बिषय हो । खाडीमा रहेका  यत्रो जनसंख्यालई बाहिर राखेर संस्था चलाईरहेका छौं । यसलाई सुधार गर्नुपर्छ । एनआरएनकर्मीहरुले सदस्यता बृद्धिमा ध्यान दिन जरुरी छ । हाम्रो मूख्य जोड पनि सदस्य संख्या बढाउनेमै केन्द्रीत हुनुपर्दछ । तथापी साउदीको हकमा बिगतको तुलनामा यो अत्याधिक बृद्धि भएको संख्या पनि हो । गत कार्यकालमा ६ सय सदस्य रहेकोमा आजको दिनमा ३ हजार सदस्य हुनु भनेको यसलाई सकारात्मक ढंगबाट लिनुपर्छ भन्ने मलाई लाग्दछ । मलेसियाको हकमा अझै चिन्ताजनक छ । जहां नेपालीको संख्या अत्याधिक बढी छ । यसतर्फ नेतृत्वको ध्यान जान जरुरी छ ।

८. यहांले उम्मेदवारी घोषणा गर्ने क्रममा यसपटकको बिश्व सम्मेलनले खाडी मूलुकका नेपालीहरु एनआरएन हुन् या होईनन् भन्ने प्रष्ट पार्ने बताउनुभएको थियो, यसको अर्थ तपाईले बिजयी हात पार्न सफल भए खाडीका नेपालीहरु एनआरएन हुन्, नभए होईनन् भन्न खोज्नुभएको हो ?

म ब्यक्तिवादी अनि आत्मकेन्द्रीत भएर त्यस्तो भनेको होईन । ऐतिहासिक तथ्य के हो भने खाडी मूलुकबाट अहिलेसम्म सचिवालय स्तरमा श्रमीक बर्गबाट प्रतिनिधीत्व हुन सकेको छैन,बिगतमा प्रतिनिधीत्व भएपनि त्यो ब्यबसायीक पृष्ठिभूमिबाट भएको थियो तर यसपटक बिशुद्ध श्रमीकको क्षेत्रबाट प्रतिनिधीत्व हुदैछ ।तसर्थ यो परिक्षाको घडी अवश्य हो ।

खाडी मूलुकका नेपालीहरु म निर्बाचित भए एनआरएन हुने नभए नहुने भन्ने होईन । खाडीका श्रमीकहरु पनि नेतृत्वमा पूग्न सक्छन् र यो संस्था सामान्य श्रमीकको पनि हो भन्ने मेरो आशय हो । म बिजयी भएपनि नभएपनि मैले गर्ने कार्यहरु निरन्तर गर्नेछु । तर मैले जीत्न नसक्नुको अर्थ भनेको यो संस्थामा श्रमिकको प्रतिनिधीत्व हुनै सकेको छैन भन्ने चाही अवश्य हो ।

९. केसी जी, एनआरएनए त ब्यापारी, पुंजीपति तथा धनाढ्य बर्गका संस्था हो भन्छन् नि ? के भन्नुहुन्छ ?

अहिले सम्म नेतृत्वमा आउनुभएका ब्यक्तित्वहरुले दिएको छाप हो त्यो । तर बिधानले त्यसो भन्दैन । प्रवासी मूलुकमा २ बर्ष बिताएका कुनै पनि प्रवासी नेपाली यो संस्थाको सदस्य बन्न सक्छ र नेतृत्व तह सम्म पनि निर्बाध रुपमा पूग्न सक्छन् । तर संस्था अनावश्यक तडकभडक, शुल्क र दस्तुर राखेर खर्चिलो र भड्कीलो बनेको छ । त्यसकारण श्रमिकहरु नेतृत्वमा पूग्न सकेका छैनन् । यो आफैम राम्रो संरचना र स्वरुप होईन । एउटा सामान्य नेपाली पनि त्यहां पूग्न सक्नुपर्छ, किनकी यो सबैको साझा संस्था हो । अहिले साझा देखिएको छैन, अब त्यस्ता प्रबृत्तिलाई सुधारेर साझा संस्था बनाउनुपर्छ ।

१०. बिश्वका बिभिन्न मूलुकमा रहेका नेपाली कामदारहरु ठगिने, लुटिने, श्रम शोषणमा पर्नुपर्ने तथा न्यूनतम सेवा सुबिधा समेत पाउन नसकेको अवस्था छ, बिशेष गरि यस्ता समस्या खाडी मुलुक तथा मलेसियामा ब्याप्त छन्, यस तर्फ एनआरएनएको ध्यान जान नसकेको हो ?

यी कुराहरुमा पनि धेरै हद सम्म सत्यता छ । फेरी पनि यसलाई तितो सत्य भन्नुपर्छ । यी सबै गतिबिधीलाई रोक्नकालागी खोलीएको संस्था आफैमा कर्तब्य बिमूख हुनु बिडम्बना हो । यस्तो नहुनु पर्ने हो । अब त्यस्ता गलत पात्र र प्रबृत्तिलाईरोक्नका लागी ठोस कदम चाल्न जरुरी छ ।

त्यस्ता तत्वलाई पाखा लगाउने उपयुक्त थलो भनेकै महाधिबेशन हो । त्यसैले त्यस्ता गलत पात्रलाई पाखा लगाएर सही पात्रको पहिचान गरेर राम्रा र ईमान्दार ब्यक्तिहरुलाई नेतृत्वमा ल्याएर संस्थाको  शुद्धिकरणमा सबै एनआरएनकर्मीहरु लाग्नुहुनेछ भन्ने आशा गरेको छु ।

११. यहांले एनआरएनए रोगले ग्रस्त भएको भन्नुभएको छ ? यो संस्थालाई त्यस्तो के रोग लागेको छ ? यसको निराकरण कसरी हुन सक्ला त ?

रागले ग्रस्तै भन्दा अलि अतिशयुक्ति होला भरत जी, तर बिसंगतीहरु बिकृतीहरु, अलमलहरु प्रस्टै देखिएको छ, त्यो लुकाएर लुक्ने अवस्था पनि छैन । बिधानले नै यो संस्था गैर राजनितीक संस्था हो भन्दा भन्दै पनि बीजगणितीय तवरबाट राजनितीकरण भएको छ । सदस्य बनाउनका लागी राजनितीक दलका भातृ संस्थालाई गुर्हान पर्ने, उहांहरुकै उपदेशमा संस्था अघि बढ्नुपर्ने, यो आफैमा ठुलो बिकृती र बिसंगती हो ।

यो एक प्रकारको रोग नै हो ।अर्कोतर्फ बैदेशीक रोजगारीको ब्यबस्थापन गर्न सकिएको छैन । एक खालको अन्यौल देखिएको छ । हालै लागु गरिएकोफ्रि भिसा फ्रि टिकटको सर्मथन गर्न समेत संस्था भित्रै ठुलो द्धिबीधा उत्पन्न भयो । मैले पटक पटक अध्यक्षलाई ध्यानार्कषण गराएपछि मात्र बल्ल बल्ल बिज्ञप्ती आएको थियो । संस्था भित्रै श्रमिक बर्ग र ब्यबसायी बर्ग बिच एक खालको ठूलो अन्तरद्धण्ड छ  । यस्तो अन्र्तद्धण्दबाट अब संस्थाले मुक्ति पाउनुपर्छ । यो महाधिबेशनले यसको ठोस निकास निकाल्नुपर्छ भन्ने मलाई लाग्छ ।

१२. तपाईबिगत लामो समय देखि खाडी मुलुक साउदीमा कार्यरत हुनुहुन्छ, खाडीमा रहेका नेपालीहरुको अवस्था कस्तो पाउनु भएको छ ?

खाडीमा रहेका औसत कामदारहरुमा चेतनाको कमि छ । चेतनाको अभावका कारण अधिकारबाट बञ्चीत हुनुपरेको छ, अन्यायमा पर्नुपरेको छ ।कतिपय कामदारहरु सेवा सुबिधा बाट बञ्चीत हुनुपरेको छ , ठगिनु परेको छ । स्रोत साधन र पर्याप्त जनशक्तिको अभावमा दुतावासले साउदी जस्तो ठूलो मूलुकमा प्रवासी नेपालीहरुलाईपर्याप्त सेवा दिन सकेको छैन ।

१३. खाडीमा रहेका नेपालीहरुका मूख्य समस्या के हुन् ?

चेतनाको कमि, अपारदर्शी ब्यबसायीक कारोबार, दोहोरो करारनामा, कामदारमा  शिप र ज्ञानको कमि, यहांका अरबीहरुको मनासाय पनि सकेसम्म नेपालीहरुलाई दुख दिने, ठग्ने, कडा काममा लगाउने प्रबृत्ति छ । र अन्याय, पिडा, बिचल्ली र ठगीमा पर्दा न्यायको लागी सम्बन्धीत निकायबाट सुनुवाई नहुनु सबैभन्दा ठूलो समस्या देखिएको छ । सुनुवाई भएपनि सहज र छिटोछरितो ढंगबाट नहुने प्रबृत्ति छ ।

१४. तपाई एउटा एनआरएनकर्मी, त्यसमा पनि स्थापनाकाल देखि नै यो अभियानमा लाग्नुभएको ब्यक्ति, हाल तपाई आईसिसी सल्लाहकार हुनुहुन्छ, तथापी एनआरएन कै भूमिका र कार्यशैलि प्रति यहाँले खरो आलोचना गर्नुहुन्छ नि ? सामाजिक सञ्जाल तथा यहांका लेखहरु मार्फत् खाडी मूलुकको सन्र्दभमा एनआरएनको औचित्य नरहेको जस्ता टिकाटिप्पणी पनि गर्नुहुन्छ, यसको बिकल्प खोज्नुपर्ने जस्ता बिषयहरु पनि उठान गर्नूभएको छ ? के भन्न खोज्नुभएको हो स्पष्ट पारिदिनुस् न ।

हेर्नुस्, एउटा परिवार भित्र निकै झगडा हुन्छ, तर त्यही झगडा भित्र धेरै माया अनि स्नेह हुन्छ । यो सत्य होकी जसले जति माया गर्छ, उसले नै धेरै गाली पनि गर्छ । यो संस्था राम्रो भएर जाओस्,बिकृती र बिसंगतीहरु नआओस् भन्ने नै मेरो चिन्ता हो । संस्थाको सुधारका लागी यो एक प्रकारको  नैतिक दबाब हो । यो मैले निरन्तर जारी नै राख्छु । तर बिरोधका लागी बिरोध नभएर सुधारका लागी आलोचनात्मक टिप्पणी हो ।

१५. एनआरएन साउदीको कार्यशैली प्रति यहांका केही सकृय एनआरएनकर्मीहरुले असन्तुष्ति जनाएर निस्क्रीय भएर बसेको देखिन्छ नि, यसमा तपाईको भनाई के छ ?

यो सांचो हो, जहां मैले लामो समय नेतृत्वमा रहेर काम गरे । मेरो बिरुद्धमा पनि धेरै बिरोध र धेरै आलोचना भएको हो । तथापी यसको बाबजुद पनि सबैसंग सहकार्य भईरहेको छ । मैले यसलाई स्वभाविक ठानेको छु । हामी बिचमा त्यती ठूलो अन्र्तबिरोध पनि छैन । आवश्यक परेको खण्डमा हामी एक नै छौं ।एनआरएन साउदीलेहिजोको सबै असन्तुष्ट सबैलाई समेटेर अगाडी बढ्नेछ भन्नेमा म पूर्ण बिश्वसत छु ।

१६. यहांले बिधी बिधान र पद्धतीका कुरा गर्नुहुन्छ, स्वयं तपाई आफैले त्यसको बेवास्ता गरेर आफ्नो अनुकुलताका लागी संस्थामा हस्तक्षेपकारी भूमिका खेल्नुहुन्छ भन्ने आरोप छ नि ?

आरोपका लागी आरोप लगाईएको हो । आरोपमा सत्यता छैन भने त्यसलाई म महत्व पनि दिन्न । आरोप लगाउनेहरुले प्रमाणित गर्नुपर्छ। साथीहरुले गुनासो गर्ने होईन बहसमा आउनुपर्छ । स्वच्छ स्वस्थ र रचनात्मक आलोचनहरुलाई म सहर्ष स्वीकार पनि गर्छु । मैले हस्तक्षेप गरेको पनि छैन । गर्न पनि चाहदिन । साथीहरुले म संग परामर्श लिदा, मैले परामर्श दिएकै भरमा मेरो हस्तक्षेपकारी भूमिका देख्नुहुन्छ भने त्यसमा म के भनौं ।

१७. साउदीको हकमा दर्जनौ नेपाली संस्थाहरु खुलेका छन् र खुल्ने क्रम पनि छ । यसको अर्थ एनआरएनले बिश्वास गुमाएका कारण त्यसको बिकल्पको खोजी गरिएको हो ?

बिभिन्न संस्था खोल्दा सकारात्मक रुपमा हेर्न सक्नुपर्छ । एनआरएन सबैको साझा संस्था हा,े यो माला बन्न सक्नुपर्छ । कसैलाई पनि प्रतिद्धण्डी ठान्नु हुदैन जस्तो लाग्छ । यद्यपी तपाइले भनेको सांचो हो की कतिपय साथीहरुले एनआरएनमा पद नपाएका कारण संस्था खोल्नुभएको अवस्था पनि छ । कोही राजनैतिक दलको भातृ संस्था खोल्नुभएको छ कोही बिभिन्न नाममा संस्था खोलेर पद लिन पूग्नुभएको छ । तथापी जो जता जानुभएपनि एनआरएन संग सहकार्य गरेर अगाडी बढ्न सकिन्छ ।

१८. प्रसंग बदलौं, तपाईले पूर्व राजदुत उदयराज पाण्डेको कार्यशैली प्रति निकै आलोचना गर्नुभयो नि, तपाईको व्यक्तिगत टकरावका कारण एनआरएन र दुतावास बिच लामो समय सम्म सम्बन्ध चिसियो भन्ने यहाँलाई आरोप छ नि ? के भन्नुहुन्छ  ?

हेर्नुस्, म त सामान्य कामदार एउटा नेपाली नागरिक न हो । उहां त ५ लाख नेपालीको अभिभावक भएर राजदुतको रुपमा साउदी आउनुभएको हो । उहां र म बिच न प्रतिस्पर्धा भएको हो,न टकराव भएको हो । न हामी समान स्तरका मान्छे नै हौं । उहांको आफ्नै स्थान छ मेरो आफ्नै स्थान छ । यो स्थानमा ठूलो फरक छ, तर पनि प्रतिद्धण्डी र टकरावको रुपम किन बुझियो त्यसमा मलाई आश्चर्य छ । जहांसम्म उहां र मेरो बिचको दुरीको कुरा छ । शुरुमा हामी बिच अत्यन्तै निकटता थियो । राजदूत ज्यूले शुरुमा शुरुमा मिठा कुरा गर्दा मिठा आश्वासन दिदा म पनि नतमस्तक भएको थियो । तर पछिउहांको कार्यशैली र कार्यसम्पदान हेर्दै जादा उहांको बास्तबीक नियत बुझ्दै गयौं । त्यसपछि उहांको कार्यशैली देखेर घृणा पैदा भयो ।

राजदुत जस्तो भएर आएको ब्यक्तिले १०÷२० रियलको कमिशनमा लाग्नुभयो । न्यूनतम १० रियल लिने भनिएको राहदानी सहजीकरण सेवामा ९० रियल सम्म लिएको प्रमाण देखाउदा पनि उहांले कार्वाही गर्नुभएन । त्यसैको पक्षमा उभिनु भो ।
लाखौ मजदुरहरु माथी ठगी, शोषण र भष्ट्राचार भईरहदा म चुप लागेर बस्न सकिन । मैले अनियमितता र भष्ट्राचारको सप्रमाण भेटाएपछि उहांको आलोचना गरेको हो  । कमिशनको चक्करमा निशुल्क सेवा दिईरहेको एनआएनको सेवालाई उहांले रोकीदिनुभयो ।

अन्ततः महालेखापरिक्षकले सप्रमाण अनियमितता भेटाएर उहां २ करोड ६२ लाखको भष्ट्राचारमा कलंकीत भएर जानुभएको छ । कार्वाही नभएको मात्र हो । भोलीको दिनमा कार्वाही नहोला भन्न सकिन्न । भबिष्यले उहांको कार्यकाल कति सफल भो त्यो भोली अवश्य मूल्यांकन होला । नागरीकअावाजबाट