आजकल के मा व्यस्त हुनुहुन्छ ?
भुकम्पले गर्दा बिदेशका कार्यक्रमहरुमा जान पाईएन , अहिले मेरो नँया एल्बमको तयारी छु ।
कलाकारहरु लाई नेपालका कार्यक्रम भन्दा बिदेश कार्यक्रम बढि फाईदा हुन्छ होईन ?
हो । नेपाल मा भन्दा बिदेशमै हुन्छ । नेपालमा कमाउने मेला महोत्सब बाट हो यि कार्यक्रम हरु सिजनल हुन्छ बिदेशमा सिजन भन्ने हुदैन । बिदेशमा ज्योति मगरको डिमान्ड हाई छ हो ?
एक दुई बर्ष भयो नेपाल भन्दा बिदेशमा बढि डिमान्ड छ । पैसा पनि त आफ्नो रेट अनुरुप पाईन्छ ।
तपाई को रेट कति हो ?
हाहाहा । मेरो रेट त्यहि ३० देखी ४० हजार सम्म लिन्छु ।
तपाई पटक पटक अन्र्तवार्ता गित र फोटोसुटका कारण बिबाद मा आईरहन्छु ?
म चाही अलि खुल्ला खालको मान्छे , फ्रिडम भएर हिड्न चाहाने मात्रै हो । नेपाली समाज लाई पच्दैन । नेपाली समाजको सानो सोचाईका कारण मात्रै बिबाद मा आउने हो । सायद मैले बोल्ने कुराहरु उहाँहरुलाई पच्दैन होला । नेपाली समाज त्यती खुल्ला भैसकेको छैन होला तर म खुल्ला छु । हाम्रो समाज यस्तो छ कि जसलाई ज्योति मगर हेर्न पनि मन लाग्छ , ज्योतिका लागी पैसा पनि तिर्नुहुन्छ , उहाँ हरु लाई भित्रै देखी पनि मनपर्छ र उहाँहरु ले कुरापनि काट्नु हुन्छ ।
तपाई स्टेज कार्यक्रमहरु बढि नै भल्गर रुपमा प्रस्तुत हुने गर्नु हुन्छ भन्ने आरोप छ नि ?
भल्गर नै त हैन तर अलि बढि ग्याल्मर देखिन्छु त्यति नै हो ।
तपाईका गितहरु पनि अलिक भल्गर नै हुन्छन् र?
त्यस्तो हैन । मैले सेक्स लाई ईन्डाईरेक्टली पस्कीन्छु । आगामी गितहरु म पनि सेक्सलाई पस्कीन्छु । मेरो नँया गित पनि त्यस्तै छ मोही पारेर खाएहुन्छ ठेकि भरि दहि छ अरु सँय हाँसो रङ्ग माया हजुर कै छ । म घुमाई फिराई जसरी नि सेक्स लाई नै गितमा मिठो तरीका ले उठाउँछु ।
व्याईफ्रेन्ड छ कि छैन ?
छैन ।
कलाकार हरु ले प्रेम सम्बन्ध लुकाउछन् है ?
पर्सनल कुरा लुकाउन पाईन्छ .
बिहे कहिले गर्ने?
एक दुई बर्ष अझै गर्दिन
सेक्स को अनुभव छ कि छैन ?
हा हा हा अभियस्ली छ नि . छैन भन्यो भने केछि मान्छे होकि होईन भनेर शँका होला । नेपाली समाजमा सेक्स भन्न गाह्रो तर गर्न एकदम सजिलो छ ।
तपाई लाई अलिबढि नै भल्गर देखिने गरि प्रस्तुत हुनुहुन्छ भन्ने आरोप छ नि ?
भल्गर हैन ग्लयामर चै देखिन्छु
तपाई आफ्नो फ्यान पेज हेर्नुहुन्छ , कमेन्ट हरु पनि पढ्नुहुन्छ होला ?
हेर्छु अनि पढ्छु पनि गाली र अश्लील शब्दहरु लेखेर कमेन्ट गर्ने हरु मलाई मनपर्दैन । त्यस्ता कमेन्ट गर्नेह्रुलाई म मेरो गित नै नसुन्नुहेस् भन्छु ।
तपाई त्यस्तै रुपमा प्रस्तुत भएपछि स्वभाविक रुपमा त्यस्ता कमेन्ट , गालीहरु आउछन् नि होईन र ?
म जसरी प्रस्तुत भएपनि उहाँ हरुले यस्तो यस्तो भनेर कमेन्ट गर्नसक्नुहुन्छ नि तर अश्लील शब्द र गाली नै गर्नुपर्छ भन्ने छैन नि । मनपर्दैन गित नसुन्नुहोस् ।
दोहोरी गितहरुमा पछिल्लो समय बिकृति बढेको छ हैन ?
केहि हद सम्म बढेको छ ।
यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?
लोक दोहोरी मा पनि कस्ता गित बजारमा ल्याउने कस्ता नल्याउने भनेर सेन्सर भै दिए राम्रो हुने थियो ।
सेन्सर गर्दा ज्योती मगरका गित हरु त पास नहोलान् नि ?
हहाहा त्यसो भयो भने त म पनि त्यस्तै गित गाउछु नि
किन तपाई का गितहरु सेक्ससँग मात्रै जोडिएर बन्ने गर्छन् ?
बजारमा जे बिक्छ त्यहि नै मार्केटमा ल्याउने हो , तर मैले गितहरुमा सुहाउने गरि अप्रत्यक्ष रुपमा सेक्स लाई प्रस्तुत गरेकिछु
अन्त्यमा के भन्नुहुन्छ ?
मलाई मेरो गितहरु मनपर्दैन भने मलाई माया नगर्नुहोस् । मनपर्छ सुन्नुहोस् सुनेपछि ईज्जत दिनुहोस् । तर गित सुन्ने मनपराउने त्यसछि कुरा काट्ने काम नर्गुहोस् । मलाई मन पर्दैन , कमेन्ट गर्न गाली नै दिनुपर्छ भन्ने छैन ।







