सिजी कामना अवार्डस् २०७१ को पहिलो संस्करणमा फिल्म ‘महसुस’ले बर्चस्व जमाएको छ । सोमबार साँझ सुन्धारास्थित आर्मी अफिससर्् क्लबमा सम्पन्न समारोहमा फिल्मले ६ विधामा अवार्ड हात पार्यो।
फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सहअभिनेत्री विधामा अवार्ड जित्यो । फिल्म निर्देशक नवल नेपालले निर्देशनसँगै पटकथामा पनि अवार्ड थापे भने आर्यन सिग्देल र केकी अधिकारीले क्रमशः अभिनेता र अभिनेत्रीमा अवार्ड थापे । सहअभिनेत्रीमा बेनिशा हमालले सोही फिल्मबाट अरुलाई उछिनिन् । ‘महसुस’लाई फिल्म ‘मोक्ष’ले चार विधामा अवार्ड थाप्दै पछ्यायो ।






