प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री सुशील कोइराला र प्रमुख विपक्षी दलका नेता एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच दलहरुबीच सहमति बनाएर माघ ८ गते नै संविधान जारी गर्नेबारे कुरा भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा एक महिनाभित्र दलहरुबीच सहमति गरेर तोकिएकै समयमा संविधान ल्याउनेबारे विचार–विमार्श भएको प्रचण्डले बताए ।
त्यस अवसरमा संविधानका विवादित मुद्दा शासकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली र न्याय प्रणालीमा कसरी सहमतिमा पुग्न सकिन्छ भनेर कुरा भएको थियो ।