काठमाडौं, ७ भदौ । इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक बिजेता चेल्सीले सिजनको पहिलो जित हासिल गरेको छ । चेल्सीले वेष्ट ब्रोमविच आल्बियनलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो । संघर्षपूर्ण जित दिलाउने क्रममा चेल्सीका लागि डेब्यु खेलाडी पेड्रो रोड्रिग्वेज, डिएगो कोस्टा र सेसारले एक–एक गोल गरे । पराजित वेष्टब्रोमका लागि दुबै गोल जेम्स मोरिसनले गरे । मोरिसनले एउटा पेनाल्टी खेर फालेका थिए । चेल्सी ५५ औं मिनेटमा १० जनामा सीमित भएको थियो । भरपर्दा एवं पाका खेलाडी जोन टेरीले रातो कार्ड खाएसँगै चेल्सीलाई झड्का लागेको हो । यसअघि चेल्सीले एक खेलमा हार बेहोर्दा एक खेल बराबरी गरेको थियो ।
चेल्सीको संघर्षपूर्ण जित






