लण्डन, १ भदौ । इङ्लिस प्रियिमर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई १–० ले पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन क्रिश्चियन बेन्टेकेले २६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुल प्रियिमर लिगको अंक तालिकामा दुई खेलबाट ६ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । समान ६/६ अंक जोडेका म्यानचेस्टर सिटी र लेष्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । उता प्रियिमर लिगको नवप्रवेशी क्लव बर्नमाउथ भने सुरुवाती दुई खेलपछि अंकविहीन रहँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
लिभरपुल विजयी






