बेलायतमा रहेका नेपालीहरुको संस्था ‘ब्रिटिस गोर्खा नेपाली परिषद’ले लण्डनमा भब्य समारोहका बीच ‘गोर्खा कल्चरल नाइट’ आयोजना गर्ने भएको छ । परिषदको शनिबार बसेको बैठकले केही महिना भित्रै नेपालमा स्टार कलाकारहरुको उपस्थितिमा भव्य कार्यक्रम गर्न लागेको छ ।
कल्चरल नाइटमा कलाकारहरु ज्योति मगर, मिलन अमात्य, गोबिन्द राई, तारा प्रकाश लिम्बु सहभागिता जनाउने निश्चित भइसकेको परिषदका अध्यक्ष एकराज नेम्बाङले जानकारी दिए ।
नेम्बाङका अनुसार नेपाली संस्कृती चिनाउन साथै नेपाली कलाकारहरुको कला देखाउने उदेश्यले लण्डनका १२ स्थानमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमबाट संकलित रकम नेपालको सामाजिक क्षेत्रमा लगानी गरिने छ । परिषदले नेपाल च्याप्टर गठन कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । काठमाडौंमा भब्य समारोह बीच नेपाल च्याप्टरको समुदघाटन गरिने अध्यक्ष नेम्बाङले जानकारी दिए ।








