सरकारले बढ्दो सडक दुर्घटना नियन्त्रणको उपाय खोज्न पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रीपरिषद्को वैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुल्सी सिटौलाको संयोजकत्वमा नेपाल प्रहरीका डीआइजी, कानुन मन्त्रालय, यातायात व्यवस्था विभागका महानिर्देशक रहेको समिति बनाएको हो ।
समितिलाई तत्काल, सात दिनभित्र र १५ दिनभित्र गरी तीन वटा प्रतिवेदन दिन भनिएको छ । यस्तै सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धि विद्यमान कानुनी व्यवस्थाको संशोधनलाई पनि अुनमोदन गरेको छ । त्यसैगरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको संपूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।
सरकारले दुर्घटना नियन्त्रणको उपाय खोज्ने






