अख्तियारले नाटकीयरुपमा सुरु गर्‍यो लडाकु शिविरको छानबिन

ganeshraj-karkiकाठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाटकीयरुपमा माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा भएको भनिएको आर्थिक अनियमितता छानबिन सुरु गरेको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आयेगका प्रवक्ता तथा सहसचिव गणेशराज कार्कीले विभिन्न उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गरि सकेको र प्रमाणित भएमा जो कोहीलाई पनि कारवाहीको भागिदार बनाउने बताएका छन् ।

अख्तियारले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिमा गम्भीर प्रश्नहरु उठाएपछि लडाकु शिविरको छानबिन प्रसंग बाहिर आएको हो ।