मिसनमा खटिएका नेपाली पाइलटको होटलमा हत्या

हतियाधारी समुहको आक्रमणमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली पाइलट राजु भण्डारीको मृत्यु भएको छ ।शुक्रबार अफ्रिकी मुलुक मालीमा भएको आक्रमणमा अन्य दुईजना युक्रेनियन, एकजना दक्षिण अफ्रिकी र एक मालियन पाइलटको पनि निधन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएका छन् ।pilot[1]

ललितपुर जाउलाखेलका घर भएका पाइलट भण्डारीसहितको टोली राजधानी बामाको नजिकैको सेभारे सहरको बाइब्लोज होटलमा बसेका बेला बन्दुकधारीले आक्रमण गरेका थिए ।इस्लामिक लडाकुहरुको आक्रमणमा परी भण्डारीसहित संयुक्त राष्ट्रसंघका १२ कर्मचारीको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।