संविधानको मस्यौदामा पूर्वराजाको सुझाव

(150722) -- KATHMANDU, July 22, 2015 (Xinhua) -- Nepal's former King Gyanendra Shah (C) returns after offering prayers in memory of departed souls and injured victims of destructive earthquakes at Mahadev temple in Hanumandhoka Durbar Square, Kathmandu, Nepal, July 22, 2015. (Xinhua/Sunil Sharma)

काठमाडौं,  ६ साउन । विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित पशुपतिनाथको मन्दिरमा आज क्षमा पूजा गरेको छ । उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको कामनासमेत गरिएको थियो ।
सो पूजाको प्रमुख कर्ताका रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहले हवन तथा यज्ञ गर्नुभएको थियो । पूजा सकिएलगत्तै पूर्वराजा शाहले संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष पेस भई सुझाव सङ्कलन भएको अवस्थामा जनताको विचारलाई समेटनुपर्ने बताउनुभयो ।
उहाँले संविधान सबैको साझा हुनुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगर्न राजनीतिक दल तथा नेतालाई आग्रह गर्नुभयो । पूर्वराजा शाहले हनुमानढोका, काष्ठमण्डप, मरु गणेस्थान र त्यस आसपास क्षेत्रको निरीक्षण गर्नुभयो । महासङ्घका प्रतिनिधि लक्ष्मी अधिकारीले भूकम्पका कारण समाजमा उत्पन्न भएको भय, त्रासलाई न्यूनीकरण गरी देशमा अनिष्ट नहोस् भनी कामना गर्दै पूजा आयोजना गरिएको जानकारी दिनुभयो ।