काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको विमान दुर्घटनाग्रस्त भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
आज बिहान ७:५० बजे पोखराबाट जोमसोमका लागि उडेको सम्पर्क बिहीन भएको तारा एयरको जहाज दानाको सोलीघोप्टे भीरमा दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु थिए ।






