गुल्मीका बस्नेत कानुनी विशेषज्ञमा नियुक्त

काठमाडौं, ६ साउन । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपतिलाई कानुनी विषयमा सुझाव र सल्लाह दिन रिमुवा, गुल्मीका ललितबहादुर बस्नेतलाई नेपाल सरकारको राज्यमन्त्री सरहको पारिश्रमिक र सुविधा पाउने गरी विशेषज्ञ पदमा यही साउन १ गतेदेखि लागू हुने गरी नियुक्ति गर्नुभएको छ । उक्त कुरा राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता चक्रबहादुर बूढाले हस्ताक्षर गर्नु भएको आज प्रकाशित विज्ञिप्तमा जनाइएको छ ।